अर्को नयाँ वर्ष, उही पेट

कविता

सुधन सुवेदी

काठमाडौं
तस्बिरः बिएल नेपाली सेवा

दशैं ताकै उभिएर जुत्ता नदेखिँदा
बसेर तुना बान्न नसक्दा
ऐना हेरेर गर्जिदैं भनेको थिएँ 
पख्लास पेटको बोसो न्यू इएरसम्म तेरो दोहोलो काढ्नेछु
समय त झिरिप्पै भएछ नयाँ वर्ष फुस्स आइसकेछ
तेसरी पेटलाई च्यालेन्ज देको केही दिन 
लेमन विथ हनी खाइयो, सुप सुरुप्याइयो
धुलोधुलो भाको ट्रेडमिल पुछियो, कुदियो
जसै समयघट्टले अर्को फन्को लायो
मसला चिया अनि समोसा समाइयो
तिनलाई घरी पकौडा घरी फ्रेन्च फ्राइले साथ दिए
ट्रेडमिल फेरि कुनो पस्यो, धुलो घस्यो
तेसलाई निकाल्ने साइत जुरेन 
बोसो पगाल्ने कविता फुरेन
अब न्यू इएर आएर देखिस भन्दै खुच्चिङ गर्दा
आफ्नौ मौलिकता बखान गर्दै अर्को बतासे हानियो
न्यु इएर हैन नयाँ वर्ष
गजक्क पर्दै पुसको टाइमलाइन वैसाखमा हुत्याइयो ।।

यो पनि हेर्नुहोस्

प्रकाशित मिति: : 2020-01-05 01:15:00

प्रतिकृया दिनुहोस्