पायोनियर केबलको डिलरमा प्रहरीकाे छापा

पायोनियर केबलको थापाथलीस्थित आधिकारिक विक्रेताको पसलमा प्रहरीले छापा मारेको छ।

तारको ‘रोल’मा मिटर नै घटेको भन्दै पीडितले उजुरी दिएपछि शुक्रबार महानगरीय अपराध अनुसन्धान महाशाखा,टेकुको टोलीले छापा मारेको हो।

'एसी, सोलार जस्ता ‘हेभी’ उपकरणमा प्रयोग हुने तारमा १० रोल ल्याएर परीक्षण गर्दा सबैमा ५ देखि १६ मिटरसम्म कम भेटिएको छ।' महाशाखा प्रमुख एसएसपी शहकुल थापाले भने।

उनले थप परीक्षणका लागि विराटनगरमा रहेको तारको उद्योगलाई पनि पत्राचार गरिने उनले जनाए।  

पायोनियर इलेक्ट्रिक केबलको काठमाडौंका लागि आधिकारिक विक्रेता महेन्द्र साडालाई पनि पक्राउ गरिएको एसएसपी थापाले बताए।

प्रकाशित मिति: : 2020-01-04 05:18:19

प्रतिकृया दिनुहोस्