धनुषा बम विस्फोटमा संलग्नताको आशंकामा एक जना पक्राउ

धनुषाको महेन्द्रनगरमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको मृत्यु हुने गरी भएको बम विस्फोटमा संलग्नताको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घटनामा संलग्नताको आशंकामा आदम राइन पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।  

मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश, उनका छोरा आनन्द र इलाका प्रहरी कार्याल्य महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको थियो।

घटनामा राइनको संलग्नता रहेको वा नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
 

प्रकाशित मिति: : 2020-01-04 03:38:04

प्रतिकृया दिनुहोस्