२०३३ पुस १६ लाई नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा बीपी कोइरालाबाट राष्ट्रिय मेलमिलापको विचार प्रतिपादित भएको दिन मानिन्छ। \
यस दिन कोइरालाले देशका राष्ट्रवादी शक्तिबीच मेलमिलाप गर्न आह्वान गरेका थिए। यस दिनमा बीपी, गणेशमान सिंह आदि नेता निर्वासन त्यागी भारतबाट हवाईजहाजमा नेपाल आएका थिए।