'आन्तरिक विवादले वाक्क भएँं'

इटहरी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादले आफू वाक्क भएको बताएका छन्। देउवाका अनुसार पार्टीभित्र नेता रामचन्द्र पौडेल पक्षले आफूविरुद्ध मोर्चाबन्दी गर्न अनेक बखेडा झिकेर विवाद बढाउने काम गर्दै आएको छ।

‘पौडेल पक्षले पटकपटकको आग्रह नमान्दा केन्द्रीय समितिले बहुमतका आधारमा केही निर्णय गरेको हो,’ सभापति देउवाले मेलमिलाप दिवसका अवसरमा बुधबार सुुनसरीको इनरुवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘बाध्यताले बहुमतले केही निर्णय गर्नुपरेको हो।’ देउवाले पार्टीभित्र जतिसुकै राम्रो काम गर्दा पनि पौडेल पक्षले जस नदिएको गुनासो गरे। ‘मलाई पौडेल पक्षबाट जहिल्यै पेल्ने काममात्र भएको छ,’ उनले भने, ‘म पार्टीभित्रका विवाद मिलाउने पक्षमा छु तर पौडेल पक्ष वार्ता र सहमतिमा नआउँदा मलाई दिक्क लागेको छ।’

प्रकाशित मिति: : 2020-01-02 20:34:40

प्रतिकृया दिनुहोस्