भक्तपुरमा विदेशी पर्टयकलाई भादगाउँले टोपी लगाएर स्वागत

पर्यटन वर्षको सुरूको दिन बुधबार भक्तपुरका बिभिन्न स्थानमा सास्कृतिक पहिचानसहितको कार्यक्रमको आयोजना गरिएको छ।  

यसै अवसरमा ऐतिहासिक भक्तपुर दरबार क्षेत्र प्रवेश गरेका पहिलो १८ जना विदेशी पर्टयकलाई भादगाउँले टोपी लगाएर स्वागत गरिएको थियो। त्यस्तै भक्तपुर नगर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकलाई निशुल्क प्रवेशको पनि व्यवस्था मिलाइएको थियो।  

नगरप्रमुख सुनिल प्रजापतिले पर्यटनहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा भक्तपुरको ऐतिहासिक संस्कृति झल्कने मौलिक नाच लगाएतको प्रस्तुती गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रजापतिले नेपालको व्यापार घाटालाई न्युनिकरण गर्न पनि नेपालमा पर्यटन लगाएत अन्य क्षेत्रको बिकासमा लाग्नुपर्ने बताए। उनले नेपालसँग भएका मौलिक सस्कृतिहरुलाई जगेर्ना गर्न सके अघिकतम पर्यटकहरु नेपाल आउने विश्वास व्यक्त गरे।  

त्यसअघि बुधबार बिहान नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु भएको नेपाल भ्रमण वर्षलाई सफल पार्न जिल्ला समन्वय समिति भक्तपुर र नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा नगरकोटमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो।  
 

प्रकाशित मिति: : 2020-01-02 11:11:58

प्रतिकृया दिनुहोस्