९५ महिलालाई भारत लैजानबाट रोकियो

चेलीबेटी बेचबिखन विरुद्ध काम गरिरहेको संस्था माइती नेपालको सक्रियतामा विराटनगरको जोगवनी नाका हुँदै ९५ जना महिलालाई भारत लैजानबाट रोक लगाइएको छ।  

एक वर्षको अवधिमा शंकास्पद हिसावमा भारततर्फ लैजान खोजिएकाहरुलाई बेचबिखनको उच्च जोखिममा परेको हुन सक्ने आशंकामा रोकिएको हो। जनावरीमा १३, फेब्रुअरीमा छ, मार्चमा १०, अप्रिलमा छ, मेमा पाँच, जुनमा ११, जुलाईमा १२, अगस्टमा ११, सेप्टेम्बरमा दुई, अक्टोबरमा छ, नोभेम्बरमा छ र डिसेम्बरमा सात महिलालाई भारततर्फ जान रोक लगाइएको हो। फकाईएकामा सबै भन्दा बढी मोरङका रहेको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिए।  

फका{इएका मध्ये ३२ जना मोरङका, १० जना सुनसरी, १० जना झापा, १२ जना उदयपुर, काठमाडौं,भक्तपुर, इलाम, रुकुम, ताप्लेजुङ, कास्की र पाँचथरका एक÷एक, सिरहा, सप्तरी, संखुवासभा, बाँके, सिन्धुली र सोलुखुम्बुका दुई/दुई, खोटाङ र धनकुटाका पाँच÷पाँच जना छन्। त्यस्तै एक भारतीय महिलालाई पनि जोगवनी नाका हुँदै लैजान खोजिएको माइती नेपालले जनाएको छ।  

भारत जान रोक लगाइएकाहरुलाई केही समय संरक्षण दिएर परिवारका सदस्य र अभिभावकको जिम्मा लगाइएको पोखरेलले बताए। उनकाअनुसार बेचबिखनकै लागि लैजान खोजिएको पुष्टि भएपछि महिलाहरुलाई नेपाल र भारतीय प्रहरीको सहयोगमा फका{उनु परेको हो।  

त्यस्तै एक वर्षको अवधिमा ४६ जना महिला हराएको निवेदन माइती नेपालमा परेकोमा छ जना फेला परेका छन्। एक वर्षको अवधिमा माइती नेपालमा १५ जना महिलामाथि घरेलु हिंसा र तीन जनामाथि बलात्कार भएको उजुरी परेको छ। त्यस्तै दुईवटा मानव बेचबिखन सम्बन्धी मुद्दा माइती नेपालको पहलमा दर्ता भएको संयोजक पोखरेलको भनाइ छ। परेका उजुरीमा कारबाहीका लागि माइती नेपाल आफैले पहल गने गरेको छ।  

संयोजक पोखरेलले मोरङका स्थानीय तह मध्ये सुन्दरहरैंचा नगरपालिका र विराटनगर महानगरपालिका चेलीबेटी बेचबिखनका हिसावले बढी जोखिमपूर्ण रहेको पाइएको जानकारी दिए।  

प्रकाशित मिति: : 2020-01-02 03:55:07

प्रतिकृया दिनुहोस्