आज पुस १५, गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ भनाइरहेका छन्। नयाँ वर्षलाई स्वागत गर्ने दिनका रुपमा यो पर्व मनाउने गरिन्छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
सोमबार मृग वर्षलाई विदा गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिले जनाएको छ।
महिला शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचको व्यस्त थिए।
तमु संस्कृतिअनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित हुन्छ । गुरुङहरूले यस वर्ष च्यु ल्हो (मुसा वर्ग) मनाउने भएको छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो
तमु ल्होसारको अवशरमा गुरुङ समुदायले राजधानीमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्। मंगलबार बिहान नयाँ सडकबाट झाँकीसहित रत्नपार्क, सहिदगेट हुँदै टुँडिखेलसम्म र्यालीको आयोजना गरिएको थियो।
टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समेत सहभागि थिइन्।
यसअघि ल्होसारको अवसरमा १३ गतेबाट विभिन्न खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएका थिए ।