धनगढीको बसपार्कबाट २ किलो ४ सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेको व्यक्तिको नाम सार्वजनिक गरेको छैन्।
धनगढी बसपार्कबाट उक्त परिमाणको सुन समातिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले पुष्टि गरे।
घटनामा थप व्यक्ति पनि रहेको खुल्न आएकाले तत्काल सूचना गोप्य राखी अनुसन्धान भइरहेको एसपी गिरीले बताए।
उक्त सुन भारतबाट ल्याइएको हुनसक्ने आशङ्का गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।