वीरगन्ज हेल्थ केयरद्धारा भ्रमण वर्षका पर्यटकलाई आकस्मिक उपचार सेवा निःशुल्क 

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। 

यसैबीच भ्रमण वर्षलाई प्रदेश २ मा सफल बनाउन भन्दै वीरगञ्ज हेल्थ केयर अस्पतालले टुरिष्ट भिसामा आएका पाहुनालाई आकस्मिक औषधि उपचार खर्च निःशुल्क गर्ने घोषणा गरेको छ।

प्रदेश मै पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखी आकस्मिक उपचार सेवा निःशुल्क गर्ने घोषणा गरेको यो पहिलो अस्पताल हो। 

जनवरी १ तारेख बुधबारदेखि नेपालमा पर्यटन वर्ष सुरू हुँदैछ। यस बिच आगन्तुक बिदेशी पाहुनाको सेवा र उपचारमा कुनै कठिनाई नहोस् र नेपाल सरकारले चालेको कदममा सहयोग पुर्‍याउन भन्दै   निःशुल्क आकस्मिक औषधि उपचार सेवा गर्ने निर्णय लिएको वीरगञ्ज हेल्थ केयर हस्पिटल अध्यक्ष डा. अबुल हैस अन्सारीले जानकारी दिए । 

प्रदेश २ कै आधुनिक गुणस्तरीय सेवा सुबिधा दिने अस्पताल भएको भन्दै अन्सारीले अस्पतालले ल्याएको सो योजनाले भ्रमण वर्षको प्रवर्द्धनमा थोरै भए पनि योगदान दिने विश्वास लिएका छन्।

आधुनिक प्रविधिबाट सुलभ सेवा प्रदान गर्दै आएको अस्पतालले गरिब तथा विपन्न नागरिकको उपचारमा विशेष सहुलियत दिँदै आएको छ।
वीरगञ्ज हेल्थकेयर अस्पतालले स्थापना कालदेखि मध्य तराईका पर्सा, बारा, रौतहट, सर्लाहीका मात्रै नभएर छिमेकी मुलुक भारतको बिहार राज्यका विरामीको सेवा गर्दै आईरहेको छ । 

यता अस्पतालले केही समयदेखि न्यूरो सर्जरी मार्फत ब्रेन ट्युमर, स्पाइनको सस्तो र सफल शल्यक्रियासँगै मुटु रोगको एन्जियोग्राफी, एन्जियोप्लाष्टि जस्ता जटिल रोगको उपचार वीरगन्जमै सम्भव बनाएको छ। 

वीरगन्ज हेल्थ केयर अस्पताल अहिले नेपाल सरकारको विपन्न नागरिक उपचार सेवा कार्यक्रममा पनि जोडिन सफल भएको छ। जस अर्न्तगत कमजोर आर्थिक अवस्था भएका नेपाली नागरिकले मुटु रोग, हेड इन्जुरी र स्पाईनल इन्जुरीको उपचारमा लागेको खर्चमा एक लाखसम्मको छुट पाउने छन्।

साथै यस अस्पतालबाट हर्ट ब्लकेज, टाउकोमा गम्भिर चोट लागेका विरामीले १ लाख सम्मको छुटका सुविधा लिइरहेका छन् ।

प्रकाशित मिति: : 2020-01-01 04:48:00

प्रतिकृया दिनुहोस्