बारामा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ।
बाराको प्रसौनी गाउँपालिका-७ की ७० वर्षिया सोनादेवी साहको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै जलेर अर्की एक महिला घाइते भएकी छन्।
घरमै आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी साहलाई उपचारलाई वीरगंजस्थित नारायणी अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि गएराति नै काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगो ताप्ने क्रममै घाइते जितपुर सिमरा उपमहानगरपालिका २० निवासी पासपति देवी साहको वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ।