चिसोका कारण हिमाञ्चलमा झर्ना हिउँमा परिणत

भारतको हिमाली क्षेत्र हिमाञ्चलको तापमान शुन्यमा झरेपछि यहाँको नदीनालाको पानी जमेको छ।

बिएल संवाददाता

शिमला (भारत)

भारतको हिमाली क्षेत्र हिमाञ्चलको तापमान शुन्यमा झरेपछि यहाँको नदीनालाको पानी जमेको छ। हिमाञ्चल प्रदेशको केलांगमा तापक्रम माइनस ११ डिग्रीसम्म झरेको भारतीय अखबारहरूले जनाएका छन्। 

यस्तै, शिमलाको तापक्रम ४ डिग्रीमा झरेको छ। किन्नौर जिल्लाको कल्पामा तापक्रम १ दशमलव ८ डिग्री पुगेको छ। जाडोका कारण केही भागमा झर्ना नै जमेको छ। 

शनिबार बिहान काश्मिरको श्रीनगरमा तापक्रम माइनस ५ दशमलव ८ डिग्रीमा झरेको बताइएको छ। यो तापक्रम श्रीनगरको यस बर्षको सबैभन्दा चिसो थियो। 

यस्तै, राजधानी नयाँ दिल्लीमा तापक्रम २ दशमलव ४ डिग्री पुगेको छ। दिल्लीमा १ सय १८ वर्षपछि जाडो बढेको हो। 
 

प्रकाशित मिति: : 2019-12-29 04:29:21

प्रतिकृया दिनुहोस्