प्रहरीले सिरहा नगरपालिका १७ पटेर्वाबाट दुईजनालाई लागूऔषधको ट्याब्लेटसहित पक्राउ गरेका छ। पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ का २६ वर्षीय एमामुदिन र सिरहा नगरपालिका ४ रमौलका १९ वर्षीय मोहम्मद रहिम रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी गराएका छन्।
उनीहरुलाई बिहीबार राती पक्राउ गरेको हो। स ५ प ५०७५ नम्बरको मोटरसाइलमा भारतीय बजारबाट लागूऔषध खरिद गरि नेपालतर्फ आउँदै गर्दा प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो।
पक्राउ परेका एमामुदिनको साथबाट ७२० पिस लागुऔषध नाइट्रोभेट ट्याब्लेट र रहिमको साथबाट ४५ पिस नाइट्रोभेट बरामद भएको प्रहरीले जनाएको छ।