लकडी (टिम्बा) चोरी मुद्दामा फरार भएका एकजना अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका–३ का गौरी शंकर चौधरी रहेका छन्।
तत्कालीन पुनरावेदन अदालत हेटौंडाको वि.स २०५० फागुन १९ गतेको फैसलाले चौधरीलाई चोरी मुद्दामा २ महिना कैद र ९२३ रुपैयाँ जरिमाना ठहर गरेको थियो। तर उनी त्यसयता फरार भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिएको हो।
चौधरीलाई प्रहरीले उपस्थित गराएपछि जिल्ला अदालत बारामा सजाय भुक्तानीका लागि कारागार पठाएको छ।