वैदेशिक रोजगारीमा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ।
धादिङ घर भई ललितपुर बस्ने मानबहादुर गुरुङलाई काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।
वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रिहाना एजुकेशन कन्सल्टेन्सीका सञ्चालक भन्दै उनले रु १० लाख ५० हजार ठगी गरेको महाशाखाले जनाएको छ।
काठमाडौं सामाखुशी बस्ने हुमलाल गुरुङसमेतका व्यक्तिहरुले उनी विरुद्ध दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप कारवाहीका लागि आज महानगरी प्रहरी परिसर टेकु बुझाइएको महाशाखाले जनाएको छ।