आरोपित युवकको बयान- अनि दुई थप्पड हानें
‘सानोतिनो जागिर कतै छ भने खबर पाउँ है।’
बाँकेको कोहलपुर नगरपालिकाकी १९ वर्षीया मनिता (नाम परिवर्तन) काठमाडौंको कोलाहलमा जागिरको खोजीमा भौंतारिएकी थिइन्। मनितालाई सानोतिनो जागिरले महँगो काठमाडौंको बसाइ सहज बनाउनु थियो। उनी चिनेजानेका साथीहरूसँग जागिरबारे सोधखोज गरिरहन्थिन्।