बलात्कारको आरोपि दुई सातापछि पक्राउ

प्रहरीले विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ। बारा कलैया उपमहानगरपालिका–७ कि १४ बर्षिय बालिकालाई गत मंसिर २६ गते बलात्कार गरिएको थियोे । उक्त आरोपमा ति युवालाई मंगलबार बिहान पक्राउ गरेको हो। 

उनलाई अहिले जिल्ला अदालत बाराबाट म्याद थप गराई अनुसन्धान सुरु गरेको बाराका प्रहरी उपरिक्षक विकाशराज खनालले बताए। दोषिको परिचय भने प्रहरीले गोप्य राखेको छ । 

बालिकाको घर नजिकैको खेतमा लगेर जबरजस्ती करणी गरेको उनले जनाए ।
 

प्रकाशित मिति: : 2019-12-25 04:30:53

प्रतिकृया दिनुहोस्