सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एक वर्षपछि स्थायी कमिटीको बैठक बस्यो। विधानमा तीन महिनामा बैठक बस्नुपर्ने भनिए पनि एक वर्षपछि बसेको बैठक एक साता चल्यो।
बैठकमा एमसीसी, सीमा विवाद, गुट/उपगुट लगायतका विषयमा रस्साकस्सीका साथ छलफल भयो। स्थायी कमिटी सदस्यहरूले अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावमाथि २० मिनेट बोल्ने मौका पाए।