भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउँदै

बिएल संवाददाता

काठमाडाै‌ं

भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउने भएकी छिन्। साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा उनी बुधबार नेपाल आउन लागेकाे केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । 

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन्। ८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ। 

उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,  गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीत गएकी छिन्। 
 

प्रकाशित मिति: : 2019-12-24 09:58:23

प्रतिकृया दिनुहोस्