सिरिया बम आक्रमणमा एक बालिकाको चित्कार (भिडियाे सहित)

हवाई हमलामा २४ घण्टाभित्र ६० जना मरेको बताइएको छ। संयुक्त राष्ट्र संघले रुसी हमलाको भत्सना गरेको छ।

बिएल संवाददाता

इदलिब (सिरिया)

सिरियाको उत्तर पश्चिमी प्रान्त इदलिबको तल मारदिख गाउँमा तीन दिन अगाडि हवाई हमला भएको थियो। जुन घटनामा मुटु काम्ने एउटा भिडियो भाइरल भएको छ। 

भिडियो ‘एयर स्ट्राइक’ का कारण भग्नावशेष भएको घरमा दबिएर बसेकी एक नानीको हो। जो आफ्नो जीवन रक्षाका लागि गुहार लगाइरहेकी थिइन। 

उनलाई सिरियाको नागरिक डिफेन्स एकाडेमी र व्हाइट हेलमेटका कार्यकताले सुरक्षित बाहिर निकालेका थिए। 

स्थानीयवासीले हवाई हमला भएको ठाउँ औधागिक क्षेत्र रहेको र जहाँ धेरै मात्रामा सर्वसाधारण बसोबास गर्ने गरेको बताएका छन्। यो पुरै क्षेत्रसँग बिद्रोहीको कुनै किसिमको सम्बन्ध नभएको तर पनि हवाई हमला भएकोमा सबैले आश्चर्य प्रकट गरेका छन्। 

एयर स्ट्राइक रुसले गरेको थियो। बच्चा रुएको आवाज आएपछि रेस्क्यु टिम हतारिँदै घटनास्थल पुगेको थियो। उनीहरूले सकुशल बच्चालाई अस्पताल पुर्याएका थिए। 

हवाई हमलामा २४ घण्टाभित्र ६० जना मरेको बताइएको छ। संयुक्त राष्ट्र संघले रुसी हमलाको भत्सना गरेको छ। सिरियामा सन् २०११ यता युद्धका कारण ३ लाख ७० हजार मानिसको ज्यान गरिसकेको छ। 
 

प्रकाशित मिति: : 2019-12-24 04:29:15

प्रतिकृया दिनुहोस्