महोत्तरीमा निःशुल्क शल्यक्रिया

रासस

काठमाडौँ, Dec 23, 2019
तस्बिर : एजेन्सी

नेपाली सेनाले महोत्तरीमा सञ्चालन गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ।

यही मङ्सिर २७ देखि पुस ५ गतेसम्मका लागि भनिएको शिविर बिरामीको चापलाई दृष्टिगत गर्दै आइतबार एक दिन थपिएको थियो।

सोनमा गाउँपालिका–३ खखना माविमा आयोजित शिविरमा आर्मी हस्पिटलबाट आएको सर्जनसहितको विशेषज्ञ टोलीले १९४ पुरुष र १३५ महिलाको निःशुल्क शल्यक्रिया गरिएको सेनाका सर्जन प्रमुख डा सृजन मल्लले बताए। 

शिविरमा १७८ जटिल, ४७ मध्यम र १०४ वटा साधारण शल्यक्रिया गरिएको डा मल्लले बताए। त्यस्तै सो शिविरमा करिब २२ हजार बिरामीको उपचार र औषधि वितरणसमेत गरिएको जनाइएको छ। (रासस)

प्रकाशित मिति: : 2019-12-24 00:54:08

प्रतिकृया दिनुहोस्