अपांगहरुलाई निः शुल्क कृतिम हातखुट्टा प्रदान गरिने

रबिन्द्र बराल

विराटनगर, Dec 21, 2019

मोरङको रंगेली नगरपालिका ४ स्थित जनता माध्यमिक विद्यालयले अपांगहरुका लागि एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

रंगेली नगरपालिकाको आर्थिक सहयोग र सि.बि.आर विराटनगरको  प्राविधिक सहयोग शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि जाँच स्वास्थ्य शिविर कार्यक्रम गरिएको थियो।  राष्ट्रिय अपांङ्ग महासंघ नगर समन्वय समिति रंगेली र  सृजनशिल महिला बचत समूहको सहयोगमा कार्यक्रम गरिएको थियो। 

उक्त शिविरमा नगरपालिका भित्र छरिएर रहेका अपांगहरुलाई  दुई महिनाभित्र   ५१ जनालाई कृतिमा हातखुट्टा प्रत्यारोपण गरिने सि.बि.आर विराटनगरका प्रवन्धक रन्जना दाहालले बताएन्।      

कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले  नगर क्षेत्रका अपांगहरुलाई आवस्यकता अनुसार कृतिम हातखुट्टा ह्विलचेयर जस्ता सामग्री आफ्नै लगानीमा बितरण गरिने प्रतिवद्धता व्यक्त गरे। 

नेपाल सरकारले अपांगहरुलाई चार वर्गमा विभाजन समेत गरेको छ। रातो कार्ड भएका ब्यक्तिहरुलाई पुर्ण अपांग,निलो कार्डलाई अतिअसक्त, पहेँलो कार्डलाई मध्यम र सेतो कार्ड  सामान्य  हुने गरि तोकिएको छ। भने रंगेली नगरपालिका भित्रमा ६ सय जना अपांगहरु रहेका छन्। 

कार्यक्रममा नगरपालिका मेयर  दिलिप बगडिया,उपमेयर केशव कुमारी खराल, वडा अध्यक्ष धन्श्याम पनेरु, रामचन्द्र मंन्डल, स्थानीय बुद्धिजीवी महिला  लगायत को उपस्थिति समेत रहेको थियो। शिविरमा  फिजियोथेरापि  डा प्रवेश उप्रेती  कृतिम हात विषेशज्ञय अम्बिका शर्माले बिरामीहरुको स्वास्थ्य चेकजाँच गरेका थिए।

प्रकाशित मिति: : 2019-12-23 02:03:19

प्रतिकृया दिनुहोस्