अमेरिकाद्वारा अन्तरिक्ष सेना गठन, अब 'शित-युद्ध' अन्तरिक्षमा

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्- अन्तरिक्ष विश्वको नयाँ युद्धस्थल

बिएल संवाददाता

वासिङ्टन डीसी, २१ डिसेम्बर
एक अमेरिकी अन्तरिक्ष सैनिक । तस्बिर : एजेन्सी

अमेरिकाले औपचारिक रूपमा अन्तरिक्ष फौज गठन गरेको छ । यसको घोषणा राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका हुन्। यो घोषणासँगै अमेरिका अन्तरिक्ष सेना गठन गर्ने विश्वकै पहिलो राष्ट्र बनेको छ।

अन्तरिक्षमा अमेरिकी सर्वोच्चता कायम राख्न अन्तरिक्ष फौज गठन गरिएको राष्ट्रपति ट्रम्पले बताएका छन्। उनले भने, "अन्तरिक्ष विश्वको नयाँ युद्धस्थल हो। हामीले यो युद्धस्थल पनि जित्नैपर्छ।'

चीन र रुसले अन्तरिक्ष विज्ञान र अन्वेषणको क्षेत्रमा हासिल गरेको उपलब्धीको प्रतिकार गर्न अमेरिकाले अन्तरिक्ष फौज गठन गरेको बताएको छ।

अमेरिकी अमेरिकी सेनाको नयाँ फौजको रूपमा सार्वजनिक गरिएको अन्तरिक्ष फौज अमेरिकी वायुसेनाअन्तर्गत रहेर काम गर्नेछ।

यो अमेरिकी वायु सेना र गैरसैनिक गरी १६ हजारको फौज हुने छ। 

यो अन्तरिक्षमा पठाइने फौज नभएर आवश्यताअनुसारको स्थानमा रहेर सञ्चार, निगरानी तथा अनुगमनका लागि अन्तरिक्षमा पठाइएका भूउपग्रहहरू जस्ता अमेरिकी सम्पत्तिको रक्षा गर्ने फौज हुने बताइएको छ। 

गत साताअमेरिकी संसदको दुवै सदनबाट अमेरिकी सेनाका लागि ७३८ अर्ब अमेरिकी डलरको प्रतिरक्षा विधेयक पारित भएपछि यो फौज गठन गरिएको हो।

प्रकाशित मिति: : 2019-12-22 23:29:59

प्रतिकृया दिनुहोस्