प्रहरीले अवैध लागूऔषध कोकिनसहित चार विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोली र अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरुको साथमा रहेको ६ किलो कोकिन बरामद गरेको छ।
शनिबार राति विमानस्थलबाट दुई जना विदेशी नगारिकसँगबाट ४ केजी र अप्रेसन गर्दै जाँदा ठमेलबाट दुई जनालाई दुई केजी कोकिनसहित नियन्त्रणमा लिइएको हो।
गत मंगलबार तीन केजी कोकिनसहित ४१ वर्षीय बोलिभियन नागरिक हेर्रा अर्तेगा ओलगालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले बरामद गरेको कोकिनको अन्तर्राष्ट्रिय मूल्य १५ करोड करोड रुपैयाँभन्दा बढी हुन आउँछ।