मुख्य ‘इपिसेन्टर’ भारत।
मानौं, महाराष्ट्रमा उत्पन्न भएको ९ रेक्टरस्केलको भूकम्प जस्तो। पराकम्पको हलचल नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तानहुँदै दक्षिण एसियाभर नै फैलिएको छ।
झन्डै पाँच महिनाअघि सुरु भएको प्याजको झट्का भारतमा मात्र सीमित रहेन। यसबाट निस्केको ‘क्यामिकल विपन’ ग्यास बनेर दक्षिण एसियाभरी नै फैलियो। जसको प्रभाव उपभोक्ता, किसान, राजनीतिज्ञदेखि राष्ट्रिय कूटनीतिसम्म परेको छ।