सरकारी मात्र होइन, व्यक्तिका जग्गा पनि यती समूहको बदनियत
सगरमाथा राष्ट्रिय निकुञ्ज गैरकानुनी रूपमा कब्जा गरेको र गोकर्ण रिसोर्ट तथा दरबारमार्गको सरकारी जग्गा अनियमित रूपमा हत्याएको यती समूहले व्यक्तिका जग्गामा पनि कुदृष्टि राखेको छ । विमानस्थल बनाइदिन्छु भन्दै धरानका २५ परिवारबाट ९२ रोपनी जग्गा यतीले कौडीको भाउमा लिएको थियो, जब कि नेपालको कानुनअनुसार निजी कम्पनीले विमानस्थल बनाउन पाउँदैन ।