“भगवानको नाममा केहि त देउ”
आफ्नो अगाडिबाट
आउने जाने सबैसँग माग्छ उ
त्यसलाई थाहा नभएको हो कि कुन्नि
भगवानको नाममा त ठूलाठूला यज्ञ मात्रै हुन्छन ।

भगवानको भरोसामा हो
या यजमानको
एउटा कचौरा थापेको हुन्छ आफ्नो सामु 
त्यो कचौरा पनि उसको पेट जस्तै छ
कहिल्यै भरिंदैन ।।

साहारा सापकोटा

म्यानमार

प्रकाशित मिति: : 2019-12-22 00:35:00

प्रतिकृया दिनुहोस्