यतीलाई गोकर्ण दिने निर्णय नगर्दा ट्रस्टको बोर्डबाट गृहमन्त्री निकालिए, रक्षामन्त्री भित्रिए

तस्बिरः नयाँ पत्रिका

यतीको शक्ति कति ? : गोकर्णको २७ सय ९३ रोपनी जग्गा यती समूहलाई दिन गत वर्ष कात्तिकमा नेपाल ट्रस्टमा प्रस्ताव आएको थियो, तर ट्रस्टका तत्कालीन अध्यक्ष गृहमन्त्री रामबहादुर थापा बादलसहित बहुमतले निर्णय गर्न मानेन, लगत्तै गृहमन्त्री पदेन अध्यक्ष हुने कानुन संशोधन गरेर रक्षामन्त्रीलाई बोर्डमा ल्याइयो र यती समूहको स्वार्थसिद्ध गरियो

सरकारमा यती समूहको हस्तक्षेप कति बलियो छ ? यो बुझ्न गोकर्णको कथा पर्याप्त छ । २७ सय ९३ रोपनी सरकारी जग्गा यती समूहलाई दिन गत वर्षको कात्तिकमा आएको प्रस्ताव अस्वीकार गर्दा नेपाल ट्रस्टका अध्यक्ष गृहमन्त्री रामबहादुर थापा बादललाई ट्रस्टको अध्यक्षबाटै हटाइयो, रक्षामन्त्री ईश्वर पोखरेललाई अध्यक्ष तोकेर यतीको स्वार्थसिद्ध गरियो । यही स्वार्थ पूरा गर्न सरकारका सातजना सचिवलाई बोर्डबाट एकैपटक यसैगरी हटाइएको थियो । सट्टामा ‘टीका लगाएर’ भित्रिएका तीनजना सदस्यको बलमा सरकारी जग्गा यतीको पोल्टामा धकेलिएको छ । 

प्रकाशित मिति: : 2019-12-20 21:18:44

प्रतिकृया दिनुहोस्