धर्तिलाई छोडेर बादल भित्र हुँदै विस्तारै बादलभन्दा निकै माथि हुँट्टदा पनि मन बेचैन रह्यो। आकाशबाट बादल निकै तल देख्दाको अनुभूती थोरैले मात्र गर्न पाएका होलान्।
कति सेतो बादल बादलमाथि म र त्यहीँ बादलमा देखिएका अनेक आकृति वाह! कति लोभलाग्दो थियो।
सफा मौसम बादल र सूर्यको प्रकाशले। सेता सेता बादल हिमाल झै टलक्क टल्किरहेका थिए।
विस्तारै माथि देखिने बादल पनि छिचोल्दै माथि झनै माथि पुग्यो। प्लेनको झ्यालबाट सिर्फ सफा मनै हर्रर देखिने बादलबाहेक पृथ्वी पनि देखिन छाड्यो। कता कता सानो बाटोहरू, पहाडहरु बेला बेला देखिने गर्थ्यो।
केही छिन बाहिर हेरेपछि फेरि आकाशमा मोबाईल चलाउन मन लाग्यो। वाईफाई अन गरे मालिण्डो एयरको वाईफाई कनेक्ट भयो। एक छिन छक्क परेँ वाईफाई चल्छ भन्ने पनि थाहा थिएन। धेरै पटक प्लेन चढेँ, तर त्यो वाईफाई हुन्छ नेट चल्छ भन्ने हेक्का रहेन।
मौकामा एउटा स्टाटस हालिहाल्नु पर्यो यति बेला म आकाश माथि, आकाश मुनी छु जताततै आकाश नै आकाश देखिरहेको छ। आकाशबाट आकाश देखेको यो पहिलो पटक हो। निलो आकाशको शिक्षित अनि प्लेनबाट हेर्दा देखिने निकै तल रहेको बादल र बादल मुनिको हरियो आकाश वाह!
दृष्य कभर गरेँ। माथि पनि आकाश! मुनि पनि आकाश! जताततै आकाश! सिवाय अरु दृष्य केही पनि देख्न सकिदैनथ्यो।
सधै बादलमाथि बसिरहन पाए पनि हुने मनमा यस प्रकारको तिव्र ईच्छा नजागेको हैन। सबै ईच्छा कहाँ पुग्छ र दिनमा देखिएको त्यो बादल लोभलाग्दो आकृति रातमा अन्धकारमय सिवाय केही देखिएन।
निकै माथि पुगेपछि प्लेनमा भाईब्रेसन आईरहेको थियो। बाहिर हेरेँ कतै पानी पर्न लागेजस्तो धुम्म देखियो। बादल पनि हिउँ झै जम्दो रहेछ क्याँ गुडुङगुडुङ आवाज आईरहेको थियो।
मनमा उत्साह होइन यस पटक डर पैदा भयो।
चुपचाप ईमान्दारपूर्वक यात्रा गर्नुको विकल्प थिएन। दुई घण्टा प्लेन डिले भएको छ ठिकै समयमा पुगिने थियो यदि डिले नभईदिएको भए।
यात्रुहरु प्लेन डिले भएको कारण अनुहार कालो बनाई खुईया गरिरहेका छन। ढिलै भए पनि घाम हुँदै उडेको प्लेन अन्धकारमा फस्दै थियो।
यात्रुहरु जति कराए पनि जतिसुकै अत्तालिए पनि उनिहरुको समयभन्दा अगाडि अब गन्तब्य पुग्न सकिने कुरै थिएन।
कष्टकर यात्रा अरूलाई सुनाउन पनि नमिठो लाग्ने रातमा कति चिसो हो कति निन्द्रा लागेको जे भए पनि सुत्न सकिनँ।
पाँच कक्षामा पढ्ने गाउँको भतिजले गाउँ जादा पाईलट बन्ने सपना बाढ् थियो। केही दिन अगाडि काठमाडौं आउँदै गरेको यात्रु बस दुर्घटनामा परेपछि गाउँको भतिज असाध्यै डराएछ। उसको सपना साधरण रहेछ सिर्फ ड्राईभर बन्ने। जब बस दुर्घटना भएको खबरले उसको मानसपटल खलबल्यायो उसले ड्राईभरको सट्टा पाईलट बन्ने सपना देख्न थालेछ। उसका सपना पुरा होला नहोला तर यस पटकको प्लेनको यात्रा असाध्यै डर लागेको महशुस भयो।
उड्ने समयको लोभलाग्दो दृष्य देख्दा त रातको यात्रा दामी हुँदो रहेछ भन्ने लाग्यो। तर, समय निकै बितिसकेको र ल्याण्डिङ हुने समय मध्यरात भएकोले रिसिभ गर्न आउने परिवारको सदस्यलाई सास्ती हुने कुराले सबै दुःखी देखिन्थे।
दुःख पनि कति कति क्याँ। साथीहरु केही घर जान नपाएर दुःखी थिए। कति जान पाएर पनि रातिको समयमा झ्याउँ हुन्छ भन्दै थिए। समग्रमा चाडको समयमा घर जान पाउनेहरु खुब रमाएका थिए।
घर जाने टिकट हात परेको दिनदेखि ऐनामा हेर्दा पनि अनुहारमा चमक देखिन लागेको थियो। सुरुवातमा साथीहरुको मन भाडिन्छ् भनेर खबर गर्न पनि मन लागेन। साथीहरुले विभिन्न श्रोतबाट थाहाँ पाए खिस्स हाँसे मात्र।
अन्तिम विकल्प पनि यही थियो। यस्ता कयन चाडवाड आउँछ जान्छ। यद्यपी देशमा हुनेलाई भन्दा विदेशमा हुनेहरुलाई चाडवाडको खुब महत्व र सम्झना आउँछ।
देशमा बस्नेहरुलाई कुन दिन कुन चाड होला फ्याट्टै दिन थाहाँ नहुन सक्छ। तर, विदेशमा हुनेलाई दिन बार गते सबै थाहाँ हुन्छ।
मैले पनि परदेशमा रहँदा पटक पटक चाडवाड सम्झेको छु। साथीको घर जाने टिकट फिक्स भयो भन्दा म आफू घर जादै छु जस्तो भान हुन्थ्यो अनि दिन गिन्ति गर्न सुरु हुन्थ्यो।
जब त्यो प्रतिक्षाको समय आउँथ्यो मन झसंग हुन्थ्यो घर त म होईन साथी जादै छ। म किन खुसी भएँ प्रश्नहरु अनुत्तरित हुन्थे। आफूँ डिउटीमा भएको समयमा साथी सुईत्त गईसकेको हुन्थ्यो।
बेलुका डिउटी सकेर फर्कदा कोठा फरक देखिन्थ्यो सुनसान के नभए जस्तो साथीको बेड भद्रगोल गरि राखेको हुन्थ्यो। राम्रा राम्रा अटैचीहरु कहाँ गयो। अनि सोच्थेँ त्यो त मेरो होईन साथीको अटैची उसले लगेछ। ठाउँ पनि रित्तो हिजोसम्म प्रशूति गृहमा डेलिभरको लागि लगिएको महिलाहरुको पेट फुले जसरी फुलेको अटैची रात रात गायव!
यति मात्र हो र अटैचीलाई बाहिरबाट बुट्टा भरेको थियो। कति राम्रो कलात्मक तरिकाले डोरीले वरिपरि गाठै गाँठा पारेर बाँधेको भित्रको सामान टुटफुट हुँदैन अनि विमानस्थलमा कसैले लामो हात गर्न सक्दैनन् अरे।
वेलाबखत अटैची साटिएको खबर यत्रतत्र देख्न र सुन्न पाईन्छ। अटैची भित्र पत्रपत्रमा प्याक गरेका गिफ्टका सामानहरु हराएको चोरी भएको दुष्टको लामो हात भएको कुरा पनि बाहिर आउँछ।
कसैलाई खुसी पार्न किनेको गिफ्ट बिच बाटोमा गायव पारी आफैं खुसी हुनेलाई जसको लागि किनेको हो। उसलाई दिन नपाउँदाको पीडा कसरी बताऊ जति सामना लुट्ने खुसी हुन्छ। हराउने सय गुणा ज्यादा दुःखी हुन्छ।
गत वर्षको दशै तिहार यति धेरै सम्झेको थिएँ। ठिक एक वर्ष अगाडि मनाएको दशैका तस्विर हेर्दा दशै पनि किन पटक पटक आउँछ झै लागेको थियो।
साथीहरुले उसैगरि अटैची प्याक गरे। त्यस भित्र चकलेटका पकेटहरु लटरम्म फलेको घर अगाडिको आरुबखडा जस्तै देखिएको थियो।
केही हरियो केही पाकेको रातो अझै बढी पाकेको केही कुहिन लागेको चकलेटका आईटम पनि त्यस्तै लाग्यो। केही मिल्की केहि छिट्टै विग्रने अरे, सब चाईनिज आईटम तर खानखुब मिठो हुन्छ रे! साथीहरुको सल्लाहमा किनियो।
यसपमली मेरो अटैची पनि रङ्गिएको छ दिपावलीको झिलिमिली जस्तै चलेटले झिलिमिली पारेको ।
चार वटा अटैची लहरै स्वदेश फर्कन तमतयार अवस्थामा दुई दिन अगाडि देखि कोठामा बेडको साईड भुईमा ठड्याएको छ। साथीहरु अध्यारो मुख पार्दै आउँदै सुमसुम्याउदै थिए।
उनीहरु मध्ये केही छुट्टि सकेर फर्केर आएका छन्। र पनि फेरि मिले घर जाऊ झै गर्छन्। आहा! लकेज त पुरै फुल छ त। हातैले उचालेर अन्दनज लगाउँछन्। ल बीस केजी जोख्न पर्दैन। ल तीस केजी जोख्न पर्दैन।
कति विद्वान छन् यार नेपालीहरु। भात पकाउने चामलको पानीमा तीन अम्ला डुबाएर भात पाक्छ कि काँचो बस्छ गिलो हुन्छ कि साह्रो हुन्छ सबै भन्दिन्छन्।
खैर केहीलाई विदा नमिलेको केही लामो समयदेखि घर जान नपाएकाहरु अटैची देखेपछि गईहालु झै गर्छन्।
कहिले हो हजुरको फ्लाईट। फ्लाईट यति गते उति गते भनेपछि उनिहरुको अनुहारमा घर जान नपाएको पीडा छर्लङ्ग देखिन्छ। उसै गरि अटैची सुमसुम्याउँछन् र मौन बस्छन्।
घर जानेहरुलाई पनि उत्तिकै उत्सुकता हुन्छ। महिना विते हप्ता वित्दैन। हप्ता विते दिन वित्दैन। दिन विते घण्टा वित्दैन। यो प्रतिक्षाको घडी बहुत गाह्रो। समय सबै वित्यो एयरपोर्ट नपुग्दासम्म अनयास मन त्यसै आतिन्छ।
म लगायत मेरो साथीहरु विमानस्थल पुग्यौं।
बोर्डिङ पास भएर अगाडि बढ्यौं। प्लेन दुई घण्टा डिले। मन त्यसै आतिन्छ। दिउँसो एक बजेको फ्लाईट तीन बजे धत् ल्याण्डिङ हुने समय राति दश बज्ने भो। हिसाबमा यता तीन बजे पनि नेपालमा पौने छ बज्ने भो।
एक पटक फ्लाईट डिले भएकोमा यात्रुहरु सबै दुःखी भए। पहिले नै खबर गरेर यति समयमा आईपुग्छु भनेको हुन्छ। तर उता त्यो समयमा नपुग्दा प्रतिक्षा गरिरहेका परिवारका सदस्यहरुलाई पनि गाह्रो हुन्छ। सोच्दा सोच्दै प्लेनले आफ्नो गति लिन्छ र धर्ति छाड्छ।
आकाशमा पुगेपछि अब गन्तब्य पुगिन्छ ।भन्ने महशुस हुन्छ। पिरले यात्रुहरु सबै मस्त निदाएका हुन्छन्। समय पनि निकै गईसकेको कारण बाहिर पुरै अन्धकार छ बेलाबखत ईमेरजेन्सी अनाउन्स गर्दा यात्रुहरु जुरुक्क उठेर झोला टिप्न जान्छन्। कि सबै यात्रु निन्द्रामा उठेका होलान्। मनमनै सोच्छु।
झण्डै नेपालको आकाशमा सवाँ घण्टा घुमिमात्र रह्यो। म बाहेक मेरो आसपासमा बस्ने सबै यात्रुहरु मस्त निदाएका छन। भगवान भरोसा पुरै विश्वास एउटा पाईलट माथि छ।
मौसमको गडबडी हो कि सोच्छु। तर हैन रहेछ कुनै भिभिआईपीको भ्रमणले गर्दा आकाशमै नै जाम भएको रहेछ। सुतेको यात्रुहरु त मस्त थिए।जो एक दुई जना म जस्तै ब्यूउँझै थिए नराम्रो सँग डराए।
आकाशमा घुमिरहँदा अब ल्याण्डिङ हुन नसक्ने हो कि के हो? मन चसक्क भयो। बेकार घुमिमात्र रहन्छ। घण्टौं भईसक्यो। बल्ल तल्ल सवाँ घण्टाको आकाशमा जाम परेपछि जाम खुलेछ। पिलपिल लाईट लस्करै बलेको देखिन्थ्यो। सबै चिलगाडी हामी चढेको जस्तै घुमिरहेको रहेछ। आकाशसिएको प्लेन एक्कासी घोप्टो परेझै हुन्छ। गयो अब राम राम! चिवे चरो उड्दा केहि माथी पुगेर माथिबाट एक्कासी नब्बे डिग्रिमा तल झरे झै प्लेन झर्छ।
हंश त्यसै उड्छ। एक्कासी राजधानीको तिरीमिती झिलीमिली देखिन्छ अब चाही पक्का ल्याण्डिङ भयो। धन्यवाद सुरक्षित अवतरण भयो यात्रा गर्नु भएकोमा धन्यवाद।
पाईलटहरु उद्धार मनका हुँदारहेछन्। त्यसै क्रममा एउटा घटना याद आउँछ। उडानको क्रममा ईन्जिनमा समस्या आए पछि यात्रुहरु अत्तालिएको देखेर पाईलटले हामी मरेर भए पनि तपाईहरुलाई बचाउँछौ धैर्य गर्नुस्। भनेर सान्तवना दिएको र अन्त्यमा प्लेन क्रयास भएर एयरहोस्टेज र पाईलटबाहेक सबै सकुशल भएको घटनाले पाईलट माथि कुनै शंका रहन्न। आजको यात्रा पनि डरै डरमा समाप्त भयो।
सायद फुस्स निदाएको भए यति विध्न संकोच हुने थिएन। यात्रुको पारा देखेर फेरि खित्का छाडेर हाँस्न मन लाग्यो। निन्द्राको तालमा उडिरहेको बेला नै ब्याग समात्न जाने यात्रुहरु ल्याण्डिङ भए पछि ठेलम ठेल गर्दै हतारिदै अगाडि बढे। यात्रुलाई हतार मोटर बाईक गाडीमा मात्र हैन रहेछ चिल गाडीमा पनि उस्तै हत्तार हुदो रहेछ।
तछाड मछाड गर्दै आत्तिएर झरे। सुईसुई पर्खिरहेका परिवारका सदस्य भेट्न कुदे।
म उनीहरुलाई नियाल्दै उनिहरुकै पछि लागेँ।
जमिनको जाममा त बरू आराम गर्न सकिएला। आकाशको जामले निद हराम बनाउँदो रहेछ।