अमेरिकाका धनाढ्य नेपाली बस्ने जर्सी सिटीमा गोलीबारी, छ मारिए

न्युजर्सी गोलीबारीले निम्त्याएको त्रासदीपूर्ण तस्बिर : एजेन्सी

न्युयोर्क कार्यक्षेत्र बनाएका धनाढ्य नपालीको गतिलै उपस्थिति रहेको न्युजर्सी राज्यको जर्सी सिटीमा भएको गोलीबारीमा एक प्रहरी अधिकारीसिहत छ जना मारिएका छन् ।

प्रहरी र दुई संदिग्ध बन्दुकधारीबीच भएको घण्टौ लामो दोहोरो गोलीबारीमा उनीहरू मारिएको स्थानीय नगरका मेयरले बताएका छन् । 

घटनामा दुबै संदिग्ध बन्दुकधारी मारिएका छन् । मारिनेमा तीन सर्वसाधारण रहेको बताइएको छ ।

संदिग्ध बन्दुकधारीहरूमाथि अनुसन्धान जारी रहे पनि उनीहरू कुनै आतंकवादी संगठनसँग सम्बन्धित नरहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको स्थानीय प्रहरी प्रमुखले बताए। 

न्युयोर्कलाई व्यावसाय र ब्यापारको कार्यक्षेत्र बनाएका सफल व्यवसायी र व्यापारीहरू जर्सी सिटीमा बस्ने गर्छन् । यहाँ भारतीयहरूको ठूलो उपस्थिति रहेको छ भने पछिल्लो समयमा धेरै नेपालीले त्यहाँ घरबार जोडेका छन्। हड्सनपारीको जर्सी सिटीमा बस्ने धेरैले न्युयोर्कबासी नै भनेर रवाफिलो परचिय दिने गर्छन् ।  

मारिने प्रहरी अधिकारीको नाम जोसेफ सिल बताइए पनि घटनामा मारिएका अन्यको परिचय सार्वजनिक गरिएको छैन ।

जर्सी सिटी न्युयोर्क हड्सन नदीको दुई किनारामा रहेका छन् । न्युयोर्कमा सम्पति कर धेरै भएकाले धेरै धनाढ्यहरू हड्सन पारीको जर्सी सिटीमा आलिशान महल बनाएर बसोबास गर्छन् । यसरी बसोबास गर्ने अधिकांशको ब्यावसाय र कार्यालय भने न्युयोर्कमा हुने गर्छ ।

न्युयोर्कलाई व्यावसाय र ब्यापारको कार्यक्षेत्र बनाएका सफल व्यवसायी र व्यापारीहरू जर्सी सिटीमा बस्ने गर्छन् । यहाँ भारतीयहरूको ठूलो उपस्थिति रहेको छ भने पछिल्लो समयमा धेरै नेपालीले त्यहाँ घरबार जोडेका छन्। हड्सनपारीको जर्सी सिटीमा बस्ने धेरैले न्युयोर्कबासी नै भनेर रवाफिलो परचिय दिने गर्छन् ।  

 

 

प्रकाशित मिति: : 2019-12-11 08:00:08

प्रतिकृया दिनुहोस्