अमेरिकामा फेरि अर्को मास सुटिङ : ४ मारिए, ६ घाइते

अमेरिकामा जारी छ बन्दुक उपद्रो.. अनाहकमा गुमाउँदैछन् निर्दोषले ज्यान । तस्बिर : एजेन्सी

अमेरिकामा सप्ताहान्तमा मास सुटिङका घटना बाक्लिने क्रममा पश्चिमतटीय राज्य क्यालिफोर्नियाको फ्रेस्नोमा अर्को यस्तै घटना घटेको छ।

स्थानीय समयअनुसार आइतबार राति ८ बजेतिर भएको घटनामा चारजनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । 

 

एसियाली मूलका एक अमेरिकीको घरको ब्याकयार्डमा भएको फुटबल पार्टीमा पसेर एक अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली चलाएको स्थानीय प्रहरीले जनाएको छ।

घरमा परिवारका सदस्य र पारिवारिक साथीहरू मिलेर अमेरिकी आइतबारे फुटबल हेर्न पार्टी आयोजना गरिएको थियो । घटनास्थलमा सबै उमेर समुहका करिव ४० जना मानिस रहेको बताइएको छ ।

मारिनेमा २५ देखि ३० वर्ष उमेर समुहका मानिस रहेको बताइएको छ ।

यो समाचार तयार पारूञ्जेलसम्म आक्रमणकारी पक्राउ परिसकेको छैन । प्रहरीका अनुसार उसको खोजी जारी छ ।

प्रहरीले एसियाली मुलका मानिसमाथि भएको यो आक्रमण जातीय घृणासँग सम्बन्धित भए नभएको भन्ने कोणबाट पनि अनुसन्धान भैरहेको बताएको छ। अहिलेसम्मको अनुसन्धानबाट त्यस्तो केही संकेत नपाइएको एक स्थानीय प्रहरी अधिकारिले बताएका छन् । 

 

प्रकाशित मिति: : 2019-11-18 19:52:52

प्रतिकृया दिनुहोस्