अमेरिकाले भन्यो 'विप्लव घरेलु आतंकवादी' : मिल्यो असाइलम बहाना, नेपाली खुशी

अमेरिकाले भन्यो 'विप्लव घरेलु आतंकवादी' । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

अमेरिकाले नेपालमा जारी विप्लव माओवादीको गतिविधिलाई घरेलु आतंकवादी क्रियाकलापको संज्ञा दिएको छ । 

अमेरिकी विदेश मन्त्रालयले २०१८ का लागि तयार पारेको आतंकवाद सम्वन्धी प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । 

अमेरिकाको यो निष्कर्षले नेपालीलाई अमेरिकामा असाइलमको बहाना जुराइ दिएको छ ।

विश्वका हरेक देशमा आतंकवादको विद्यमान स्थितिलाई ध्यानमा राखेर तयार गरिएको ३३२ पृष्ठको प्रतिवेदनमा नेपालले तीन पृष्ठ ठाउँ पाएको छ । पृष्ठ १७५ देखि १७७ सम्मको नेपाल खण्डमा  सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय आतंकवादको कुनै गतिविधि नभएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा सन् २०१८ मा हिंसात्मक अतिवादको प्रतिरोध सम्बन्धमा कुनै परिवर्तको सूचना नभएको उल्लेख गरिएको छ ।

तर, प्रतिवेदनमा भारतीय मुजाहिद्दीनले आफ्ना गतिविधिलाई नेपालमा पनि विस्तार गरेर कार्यकर्ताका लागि सबभन्दा ठूलो हब बनाएको निस्कर्ष निकालिएको छ ।

प्रतिवेदनमा त्रिभुवन विमानस्थल र सीमा सुरक्षामा कमजोरी रहेको विश्लेषण गरिएको छ । 

प्रकाशित मिति: : 2019-11-06 04:48:13

प्रतिकृया दिनुहोस्