अमेरिकी संसदमा अजीव घटना, रिपब्लिकनद्वारा ५ घण्टा हंगामा

ट्रम्पका कट्टर समर्थक सांसदहरू समितिको बन्दसत्रलाई अवरोध गर्दै । तस्बिर : एजेन्सी

अमेरिकी मूल्य र मान्यता भन्ने कुरा पनि अब हावादारी कुरा हुदै गएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी छानबिन गरिरहेको एउटा संसदीय समितिको काममा रिपब्लिकन सांसदहरू पसेर अवरोध सिर्जना गरेपछि यस्तो संकेत मिलेको हो । 

डेमोक्रेट्स र रिपब्लिकन दुबै दलका ससंसद रहेको समितिको बन्दसत्रमा पेन्टागनका एक वरिष्ठ विज्ञ लौरा कूपरले बयान दिन लाग्दा करिव ३० जना रिपब्लिकन सांसदहरू छिरेर बाधा पुर्‍याए । उनीहरू ट्रम्पका कट्टर समर्थक सांसद रहेको बताइएको छ । 

उनीहरू आफूले पनि बन्दसत्रमा लिइएको बयान हेर्न पाउनुपर्ने माग राख्दै होहल्ला मच्चाएका थिए ।

रिपब्लिकन सांसदहरूले यो तरिकालाई डेमोक्र्याटिक पार्टीका सांसदहरूले अमेरिकी संसदीय मुल्य र मान्यताको खिल्ली उडाएको बताए । 

उनीहरूले रिपब्लिकन पक्षले राष्ट्रिय सुरक्षामाथि सम्झौता गरेको आरोप लगाए । 

तर, रिपब्लिकन सांसलहरूले भने  महाभियोगसम्बन्धी छानबिन गरिरहेको उक्त समितिले राष्ट्रपति ट्रम्पलाई सोभियत शैलीबाट हटाउने प्रयास गरेको आरोप लगाए ।

पाँच घण्टा लामो गलफत्तीपछि समितिले कुपरको बयान लिएरै छोड्यो । 

उनको वयानबाट ट्रम्पलाई अप्ठ्यारो पर्नसक्ने भएकाले रिपब्लिकन सांसदहरू अवरोध सिर्जना गर्न पुगेको अनुमान गरिएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले आफूविरुद्धको महाभियोगसम्बन्धी जाँचबुझमा कठोर हुन र त्यसविरुद्ध लड्न रिपब्लिकनहरूलाई आह्वान गरेका थिए।

 

प्रकाशित मिति: : 2019-10-24 10:58:58

प्रतिकृया दिनुहोस्