काठमाडोैंमा सुरू भएको एनआरएनको नवौै कुम्भसँगै सामाजिक सञ्जाल एनआरएममय भएको छ । एनआरएनले कुम्भमा जाँदैछु, उतै भेटौला भन्ने सन्देश पोतिएका सामाजिक सञ्जालका भित्ताहरू चुनावका लागि प्रयोग हुँदै थिए । त्यतिकैमा विमानस्थलमा अस्ट्रेलियन एनआरएनले दादागिरि देखाए, तुरून्तै सामाजिक सञ्जाल यु-टर्न गर्यो । अहिले यो एनआरएनलाई पाठ सिकाउने भित्तेपाटी अनि उनीहरूको चरित्र देखाउने ऐना भएको छ ।
यसका लागि एनआरएनको काठमाडोैं कुम्भमा पुगेका प्रतिनिधि सबैभन्दा बढी जिम्मेवार छन् । छुटफुट र कैफियतमा हामी त्यहाँ नपुगेका एनआरएन पनि जिम्मेवार छौ । आजको दस्ता जन्माउन एनआरएनको नेतृत्वदायी भूमिकामा रहेकाहरू पनि त्यतिकै जिम्मेवार छन् । आखिर हामीले एनआरएनका नाममा कतै न कतै यस्तै विषवृक्ष त हुर्काइरहेकै रहेछौै ।
जब त्यही विष ओकल्ने काम काठमाडौैं कुम्भमा पुगेकाहरूले विमानस्थलबाटै देखाउन थाले, त्यसपछि घरदेशकाहरूको धैर्यको सीमा टुट्यो र उनीहरू प्रतिवादमा उत्रे । तर, यो पनि त्यतिकै सत्य हो कि घरदेशकालाई एनआरएनले गरेका ठूला कुरा, मागेको दोहोरो नागरिकता, सामाजिक सञ्जालमार्फत् दिएको पाठ र देशलाई खसाएर गर्ने ब्यवहार पटक्कै मन परेको थिएन र छैन । कतिबेला यी अर्तिबाजहरू चुक्लान् र पालो फर्काउला भनेर उनीहरू पर्खिरहेका थिए । अहिले त्यो मौका मिल्यो, त्यसपछि कानमा पिप र आँखामा पानी आउँन्जेल गाली हेर्नु र देख्नु परिरहेको छ ।
उनीहरूको आक्रोश जायज हो । हामी एनआरएन भनाउँदाहरूले तर, किन्तु, यद्यपि केही नलगाई यसलाई विनम्रतापूर्वक पाठका रूपमा लिनुपर्छ ।
........
म एनआरएएन अमेरिकाको एक चौवन्नी सदस्य हुँ । मलाई जीवनमा केही पश्चाताप छ भने यस्तो संस्थाको सदस्य भएकोमा पश्चाताप छ जसले न इतिहासको इज्जत गर्न जानेको छ न अरूको विचारको सम्मान । यसको भूइँफुट्टा नेतृत्वलाई न नैतिक मूल्यको चेत छ । जर्ज अर्वेलको एनिमल फार्म बनाएर यिनीहरू २१औं शताव्दीमा एनआरएन आइसीसीको नेता बन्ने सपना देखिरहेका छन् । कठै हामी नेम्रिकाने एनआरएनहरू ।
उता घरदेशमा एनआरएनप्रतिको धारणामा आमुल परिवर्तन आइरहेको छ । यता, अमेरिकाका नेम्रिकाने एनआरएनहरू भने फलानालाई मत दिउँ, ढिस्कानालाई मत दिउँ । अमेरिकी एनआरएन एक होऔं । हाम्रालाई जिताउँ भनेर आव्हान गरिरहेका छन् । नानाभातिका कुतर्क गरेर संसारभर झगडिया एनआरएनको छवि बनाएका यी अमेरिकीलाई जिताउँ भनेको देख्दा मेरो भने कन्पारो तातेर आएको छ ।
हे हरिलठ्ठकहरू हो, किन जिताउनु पर्यो हँ यिनीहरूलाई ? यिनले एनआरएन अभियाननका लागि के योगदान दिएर संसारभरका एनआरएनले जिताइदिनुपर्ने हो ?
यिनले गरेका केही पापहरू यस्ता छन्, जसका लागि यिनीहरू जितका हैन, सर्वस्व हारका भागिदार हुनुपर्छ
१. एनआरएन अमेरिका एनआरएन आइसीसीका लागि अप्ठ्यारो ठाउँमा आएको पिलोजस्तै हो । यो एनसीसी जहिले घरझगडा गर्छ र त्यो आईसीसी केन्द्रमा पुर्याउँछ । मानौं आइसीसी केन्द्र भनेको उनीहरूको अदालत हो । त्यही झगडा गरिरहेकाले उनीहरूलाई जिताउनुपर्ने हो ?
२. एनआरएन अमेरिका जहिले पनि आइसीसीलाई थर्काउँछ । सिधै भन्छ- एनसीसी छ र आइसीसी छ । हामी अमेरिकाअनुसार चल्छौै ।र, हामीअनुसार आइसीसी चल्नुपर्छ । एकपटक हैन पटक पटक पपुच्छरले कुकुर हल्लाउने उपक्रम गरिरहन्छ, एनआरएन अमेरिका । के त्यही दादागिरिका लागि संस्राभरका एनआरएनले भोट दिएर नेम्रिकाने एनआरएनलाई जिताउनुपर्ने हो ?
३. एनआरएन अमेरिकाका नेताहरू आफ्नो स्वार्थका लागि र आफूलाई ठूलो देखाउन ठूलो ठूलो सहयोग दिने घोषणा गर्छन् । तर, दिने बेलामा भने लफडा निकाल्छन् । अहिले त्यस्तो बक्यौता मातेरै एक करोड ३८ लाख पुगेको छ। हुहाँहुँदा भूकम्पपीडितका लागि उठाएको पैसासमम् नदिइएको बहिखाता सार्बजनिक भएको छ । के त्यही आर्थिक धोकाधडी गरेबापत नेम्रिकाने एनआरएनलाई जिताउनुपर्ने हो ?
४. एनआरएन अमेरिका बेलाबेलामा आफूलाई सबैभन्दा ठूलो एनआरएन भन्छ, महाशक्ति हुँ भन्छ । अरू देशका एनआरएनलाई अटिट्युड देखाउँछ । के त्यही अटिट्युड देखाएर अरूलाई हेपेबापत नेम्रिकानेहरूलाई जिताइदिनुपर्ने हो ?
५. महाधिेवेशनका बेला दुई दुईवटा प्रतिनिधिको सूची बोकेर काठमाडौं जान्छ र उसको घरझगडामा एनआरएन आइसीसीलाई गिजोल्छ । यसपटक पनि त्यही भएको छ । यसको अर्ग ऊसँग आफ्नै घरभित्रको समस्या समाधान गर्ने हैसियत भएको पनि नेतृत्व छैन । यस्तो लोतिकर्ने असफल नेतृत्वलाई आइसीसीमा पुर्याउनका लागि संसारभरका एनआरएनले नेमरिकानेलाई भोट दिनुपर्ने ?
६. एनआरएन अमेरिकाले आइसीसीका नियम र आदेश पनि अमेरिकी संस्था भएकाले मान्नु नपर्ने भन्दै आएको छ । न ऊ पारदर्शी छ, न जवाफदेही । हार्ड ड्राइभमा हालेर संस्थालाई कोट्रीमा परिणथङत गरेको छ । यस्तो गलत बाटोमा हिडेको र हिडाउने नेतृत्वलाई किन भोट दिएर आइसीसीको नेतृत्पमा पुर्याउनुपर्ने ?
७. एनआरएन अमेरिकाका अगुवाहरू एनआरएन अभियानको इतिहास र यसका संस्थापकहरूको पनि पटक्कै सम्मान गर्दैनन् । उल्टै, उनीहरूभन्दा फरक विचार बोकेकै आधारमा सिण्डिकेट भनेर उनीहरूको अपमान गरिरहेका हुन्छन्, उनीहरूलाई लाञ्छित गरिरहेका हुन्छन् । के त्यही इतिहासप्रति कृतघ्न रहेकालाई संसारभरका एनआरएनले भोट दिएर जिताउनुपर्ने ?
अमेरिकामा बस्छन् ,हाम्रा हुन् भन्दैमा यिनीहरूलाई जिताउनुपर्ने कुनै कारण छैन । यिनीहरूलाई जिताउनु भनेको चोरलाई चौतारो दिएर साधुलाई सूली चढाउनुजस्तै हो । त्यसैले म संसारभरका एनआरएन प्रतिनिधिहरूलाई छानी छानी नेम्रिकानेहरूलाई हराउन आग्रह गर्छु । जसले गर्दा उनीहरूलाई सच्चिने र साँचो मानेमा एनआरएन हुने मौका मिल्नेछ ।
यी र यस्ता अनेकौ कारण छन्- नेम्रिकानेलाई संसारभरका एनआरएनले भोट दिनुनपर्ने । ती कारणका लागि नेम्रिकानेहरू पुरस्कृत हैन, दण्डित हुनुपर्ने बेला हो यो । जबसम्म उनीहरू सच्चिएर एनआरएनको मान, मर्यादा र प्रतिष्ठा बढाउने काम गर्दैनन्, तबसम्म उनीहरूलाई नेतृत्वमा पुर्याउनु हुदैन, हराइरहनु पर्छ ।
अमेरिकामा बस्छन् ,हाम्रा हुन् भन्दैमा यिनीहरूलाई जिताउनुपर्ने कुनै कारण छैन । यिनीहरूलाई जिताउनु भनेको चोरलाई चौतारो दिएर साधुलाई सूली चढाउनुजस्तै हो । त्यसैले म संसारभरका एनआरएन प्रतिनिधिहरूलाई छानी छानी नेम्रिकानेहरूलाई हराउन आग्रह गर्छु । जसले गर्दा उनीहरूलाई सच्चिने र साँचो मानेमा एनआरएन हुने मौका मिल्नेछ ।
म एनआरएएन अमेरिकाको एक चौवन्नी सदस्य हुँ । मलाई जीवनमा केही पश्चाताप छ भने यस्तो संस्थाको सदस्य भएकोमा पश्चाताप छ जसले न इतिहासको इज्जत गर्न जानेको छ न अरूको विचारको सम्मान । यसको भूइँफुट्टा नेतृत्वलाई न नैतिक मूल्यको चेत छ । जर्ज अर्वेलको एनिमल फार्म बनाएर यिनीहरू २१औं शताव्दीमा एनआरएन आइसीसीको नेता बन्ने सपना देखिरहेका छन् । कठै हामी नेम्रिकाने एनआरएनहरू ।
यो कुरा केही 'पोकेट पपुवानाचाहरू'लाई मन पर्दैन किनभने यिनीहरू यतिबेला आफ्ना नेम्रिकाने स्पोन्सरहरूले तिरिदिएको हवाइटिकट र गोजीमा हालिदिएको पकेट खर्चले काठमाडोैं कुम्भमा पुगेका छन् । अपवादलाई छोडेर सबै एउटै ड्यांङका मुला हुन् । म अपवादहरूको सम्मान गर्छु । कसैले तिरिदिएको हजार डलरका लागि जिन्दगीभर उनीहरूको अगाडि निहिरिएर पत्रकारितालाई दुनियाका नजरमा 'पत्रुकारिता' बनाउनेहरू ठुला कुरा गरिरहेका हुन्छन् । उनीहरू जस्ता छन्, अरूलाई पनि त्यस्तै सोच्छन् ।
यी र यस्तै अनगिन्ति कारण छन्- नेम्रिकानेलाई हराउनुपर्ने । म कामना गर्छु, उनीहरूले एनआरएन अभियानको छविलाई बिगार्न गरेको हरेक प्रपञ्च दण्डित होस् । यो त्यस्तै दण्ड दिने उचित मौका हो । आगे उनीहरू नै जानुन् ।