एनआरएन अमेरिकाका 'स्थायी झगडिया' एउटै प्यानलमा : डा. पौडेलको 'महासचिव' फेसबुकमा

डा. पौडेल र श्रीमती थापाको झगडा : भयो त 'परालको आगो' ?

एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष डा. केशव पौेडलको महासचिवमा उठ्ने सपना चकनाचुर भएको छ । एनआरएन कांग्रेसको हाइकमाण्डले उनलाई कांग्रेस प्यानलको उपाध्यक्षमा सिमित गरिदिएको छ । प्रोटोकलमा उपाध्यक्ष महासचिवभन्दा माथिदल्लो पद भए पनि यो कामकाजी पद नभएर कायममुकायम/निमित्त पद हो । 

पूर्वअध्यक्ष शेष घले क्याम्पलाई खुशी बनाउन उनकी नातेदार जानुका गुरूङलाई कांग्रेसी प्यानलबाट महासचिवको उम्मेद्वार बनाउन डा. पौडेलेको टिकट काटिएको हो । 

अमेरिकाबाटै महासचिवको उम्मेद्वारी घोषणा गरेर फेसबुक रंगाएका पौडेलका लागि नेपाली उखान हिस्स बूढी ङिच्च दात भएको छ । उनका एक आलोचकले अमेरिकामा भने, 'फेसबुकमा महासचिव, कांग्रेस कोटामा उपाध्यक्ष भए पनि विजयी कोटामा भने उनी केही नभई फर्कन्छन् ।' उनको प्रश्न थियो, अमेरिकाको सबै भोट पनि नपाउने उनलाई बाँकि विश्वका एनआरएनले चाँहि के का लागि दिने हो भोट ? अमेरिकाको एनआरएनलाई तहसनहस पारेर संसारमै एनआरएनको बेइज्जत गरेका कारणले भोट दिनुपर्ने कि ?'

यो पनि हेर्नुहोस् 
सुरु भयो हाँडीगाँउ जात्रा
यसैगरी डा. पौडेलसँगै एनआरएन अमेरिकामा अध्यक्ष चुनाव लडेकी रविना थापाले पनि कांग्रेसी प्यानलमा उपाध्यक्षको उम्मेद्वारी पाएकी छिन् । यसअघि पनि उनी एनआरएन आइसीसीमा उपाध्यक्षमा चुनाव लडेर पराजित भएकी थिइन् । पराजित हुँदा उनले कांग्रेसी कोटाको टिकट पाएकी थिइनन् ।

तर, डा. पौडेलकी स्थायी प्रतिपक्षी थापाले अमेरिकाबाट नेपालतिर उड्नुअघि नै उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेकी थिइन् । डा. पौेडेलविरूद्ध थापा पटकपटक टेनेसी कोर्ट धाएकी थिइन् । 

डा. पौडेल एनआरएन अमेरिकालाई सबैभन्दा बढी विवादमा मुछ्ने र कोट्रीको राजनीति गर्न माहिर खेलाडी हुन् । यसअघिको एनआरएन आइसीसीको चुनावमा रविना थापालाई हराउन उनी दिलोज्यान दिएर लागेका थिए । रविनाका श्रीमान् नारायण थापाले उनको सानो धुलाईसमेत गर्न भ्याएका थिए ।

यसपटक भने पौडेल र थापा एकै प्यानलबाट उम्मेद्वार भएकाले एक -आपसलाई जिताउन दिलोज्यान दिएर लाग्नुपर्ने भएको छ । तर, उनीहरूको विगतको 'दुश्मनी'को पृष्ठभूमि बुझेकाका लागि भने यो एक रमाइलो नाटकजस्तै भएको छ । 

पौडेल र थापा नेपाली कांग्रेसले तयार पारेको कुल आचार्यको प्यानलमा परेका हुन् । बेलायत डेटलाइनका एनआरएन आचार्य अध्यक्ष उम्मेद्वार बनाइएको कांग्रेसी प्यानलको उपाध्यक्षहरूमा केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार), मन केसी (अष्ट्रेलिया) र रविना थापा (अमेरिका) रहेका छन् । यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी परेको छ । 

 

 

 

प्रकाशित मिति: : 2019-10-14 18:36:13

प्रतिकृया दिनुहोस्