बर्नी स्याण्डर्सलाई हृदयाघात !

बर्नी स्याण्डर्सलाई हृदयाघात ! फाइल तस्बिर : एजेन्सी

अमेरिकामा सामाजिक न्यायका लागि आवाज उठाइरहेका नेता बर्नी सान्डर्सलाई हृदयाघात भएको छ । 

उनको चुनावी क्याम्पेन डाइरेक्टरले यसको पुष्टि गरेका छन् ।

चुनावी क्याम्पेनका क्रममा लस भेगास पुगेका उनलाई मंगलबार राति हृदयाघात भएको थियो । तुरून्तै स्थानीय डेजर्ट स्प्रिङ्स हस्पिटल मेडिकल सेन्टरमा भर्ना गरिएका उनी अढाइ दिनको अस्पताल बसाइपछि शुक्रबार डिस्चार्ज भएका छन् ।

उनले उपचारमा संलग्न सबैलाई धन्यवाद दिदै केही दिनको विश्रामपछि चुनावी क्याम्पेनमा फर्कने बताएका छन् ।

उनको उपचारमा संलग्न चिकित्सक डा. मर्चन्ड र डा. गुरूराजले उनलाई म्योकार्डियफ इन्फ्राक्सन भएको बताएका छन् । यो एक किसिमको हृदयाघात हो, उनीहरूले बताए । सिनेटर सान्डर्सलाई केही समय आरामको आवश्यकता रहेको बताउँदै उनकै व्यक्तिगत चिकित्सकलाई देखाउन पनि सल्लाह दिएका छन् ।  

भ्रमण्ट राज्यबाट इन्डपेन्डेन्ट सिनेटर रहेका सान्डर्स सन् २०२० को राष्ट्रपति उम्मेद्वारका लागि डेमोक्रेटिक प्रत्यासी हुन् । चुनावी जनतममा डेमोक्रेटक प्राइमरीमा तेस्रो स्थानमा रहेका बर्नीले सन् २०१६ मा डेमोक्रेटिक उम्मेद्वारी जित्न हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए । तिब्र प्रतिस्पर्धामा डेमोक्रेटिक संस्थापनको कोपभाजनको शिकार भएर झिनो मतले पराजित भएका उनी डेमोक्रेटिक उम्मेद्वार भएको भए के हुन्थ्यो ? यो प्रश्न अमेरिकाका लागि अहिलेका लागि मात्र हैन, सधैका लागि मिलियन्स डलर प्रश्न बनेको छ । शायद, इमेल काण्ड नभएका बर्नीको पक्षमा इतिहास लेखिन्थ्यो र डोनल्ड ट्रम्प भन्ने मानिस एक बिजनेसम्यानमै सिमीत हुने थिए । 

तर, समयलाई त्यो मञ्जुर थिएन । ट्रम्पको पक्षमा इतिहासको घोडा दौडियो र अहिले संसारले फरक अमेरिका भोगिरहेको छ । 

प्रकाशित मिति: : 2019-10-05 06:53:34

प्रतिकृया दिनुहोस्