अमेरिका केन्टकी- दुर्घटनामा निधन भएका सापकोटाको अमेरिकामै शुक्रबार दाहसंस्कार

अलविदा विष्णु सापकोटा : यो जीवनको के भरोसा छ र ?

अमेरिकाको केन्टकी राज्यको लेक्जिङ्टनमा सडक दुर्घटनामा परी बुधबार निधन भएका विष्णुप्रसाद सापकोटाको स्थानीय समयअनुसार शुक्रबार अपरान्ह पाँच बजे अन्त्येष्टी गरिने भएको छ । 

सापकोटाका ज्वाइँ रोशन घिमिरेका अनुसार उनको हिन्दू संस्कारअनुसार १०१४ इस्टफ्याण्ड ड्राइभ केयरस्थित दाहसंस्कार केन्द्रमा दाहसंस्कार गरिने छ ।

यो पनि पढ्नुहोस् 

अमेरिकाको केन्टकी- दुर्घटनामा अर्का एक नेपालीको मृत्यु : अधुरै रह्यो न्युयोर्क घुम्ने सपना

दाहसंस्कार अघि उनको सम्झनामा एक स्मृतिसभा पनि आयोजना गरिने स्थानीय एनआरएन अभियन्ता पुरूषोत्तम बोहोराले बताएका छन् ।

छोरी ज्वाइँको निम्तोमा तीन साता अघि मात्र अमेरिका आएका ५८ वर्षीय सापकोटाको बुधबार विहान मर्निङ-वाकको क्रममा बाटो काट्दा कारले ठक्कर दिएर घटनास्थलमै निधन भएको थियो । 

यो पनि हेर्नुहोस् 
नृत्यबाट काठमाण्डौमा सुदूरपश्चिमलाइ चिनाउने देवु
नेपालको महोत्तरी बर्दिबासका सापकोटा सडक दुर्घटनामा आफ्ना एक्ला छोरा गुमाएपछि पीडा भुल्न पत्नी विमला सापकोटासहित छोरी विनिता सापकोटा र ज्वाइँ रोशन घिमिरेको निमन्त्रणामा अमेरिका आएका थिए ।

यसैबीच सापकोटाको दाहसंस्कार र अस्पतालमा उपचार गराइरहेकी उनकी श्रीमती विमला सापकोटाको सहयोगार्थ गोफण्डमी अभियान सुरू गरिएको छ । ५० हजार लक्ष्य राखेर सुरू गरिएको सहयोग अभियनामा आठ हजार चारसय ६६ अमेरिकी डलर संकलन भैसकेको छ । एनआरएनको केन्टकी च्या्प्टरले सुरू गरेको यस अभियानमा एकसय ६७ मनकारीले सहयोगको हात बढाएका छन् । 

 

 

प्रकाशित मिति: : 2019-09-27 06:57:43

प्रतिकृया दिनुहोस्