अमेरिकी राष्ट्रपति ट्रम्पसँग परराष्ट्रमन्त्री ज्ञवालीको संक्षिप्त भेट

तस्बिरः एजेन्सी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेट गरेका छन्।

संयुक्त राष्ट्रसंघको ७४औं महासभा बैठकमा नेपालका तर्फबाट सहभागी हुन अमेरिका पुगेका ज्ञवालीले ट्रम्पसँग न्युयोर्कस्थित लोट्टे प्यालेस होटलमा मंगलबार  संक्षिप्त भेट गरेका हुन्।

विश्वका १९० भन्दा बढी देशका राष्टप्रमुख तथा राष्टसंघीय महासभा डेलिगेसन प्रमुखको स्वागतमा ट्रम्पले दिएको रात्रीभोजमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री ज्ञवालीले सहभागिता जनाएका हुन्।

त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको स्थितिबारे जिज्ञासा राखेका थिए। साथै आपसी सहयोग र सहकार्यका विषयमा पनि कुरा राखेको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन्।

महासभा बैठकमा नेपालले शुक्रबार आफ्नो धारणा राख्दै छ।

प्रकाशित मिति: : 2019-09-25 12:45:38

प्रतिकृया दिनुहोस्