अमेरिकाको रात्री क्लबमा गोली चल्दा दुईको मृत्यु, नौ जना घाइते

बिएल

अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।घटनामा अन्य नौ जना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ ।घटनामा संलग्न कसैलाई तत्काल पक्राउ भने गरिएको छैन ।

प्रकाशित मिति: : 2019-09-22 13:54:35

प्रतिकृया दिनुहोस्