अमेरिका भन्छ- 'साउदी ड्रोन आक्रमणमा इरान जिम्मेवार' : इरान भन्छ- 'हैन'

साउदी अरवका तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा संलग्न ड्रोन । तस्बिर : एजेन्सी

अमेरिकाले साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएका आक्रमणमा इरान संलग्न भएको प्रमाण आफूसँग भएको दावी गरेको छ ।

भूउपग्रहबाट खिचिएका तस्बिर सार्वजनिक गर्दै उसले यस्तो दावी गरेको हो । तर, इरानले भने आरोपको खण्डन गर्दै आफ्नो कुनै संलग्नता नरहेको बताएको छ । 

यसअघि नै आक्रमणको जिम्मेवारी यमनमा सक्रिय विद्रोही हूथी समूहले लिइसकेको छ ।

यो पनि हेर्नुहोस् 

रन फर चिल्ड्रेन

 

इरान समर्थित हूथीहरू सन् २०१५ देखि नै त्यहाँको सरकारविरूद्ध आन्दोलित छन् । उनीहरूले त्यहाँका राष्ट्रपति अब्द्रबुह मन्सूर हादीलाई राजधानी सानाबाट लखेटेका थिए । तर, पछि उनी साउदी अरवको सहयोगमा फर्किएका थिए ।

त्यसयता साउदी अरब र हुथी विद्रोही आम्नेसाम्ने हुँदैआएका छन् । 

तर, यसपटकको ड्रोन आक्रमणमा साउदी अरवको २० प्रतिशत तेल उत्पादन संयन्त्र नै ध्वस्त भएपछि धेरैलाई यो अप्रत्यासित र अस्वभाविक लाग्नु स्वभाविकै हो । 

 

प्रकाशित मिति: : 2019-09-17 03:22:50

प्रतिकृया दिनुहोस्