एनआरएन अमेरिका: वकिल र डाक्टरको देखियो अब इन्जिनियरको हेर्ने पालो

नयाँ कलेबरको एनआरएन अमेरिकाले वकील र डाक्टरको नेतृत्व पायो, अब इन्जिनियरको नेतृत्व पाउँने भएको छ। आगामी मे १८ मा हुने निर्वाचनमा पेशाले तीन इन्जिनियर आम्नेसाम्ने हुने भएपछि जसले जिते पनि अर्को दुई वर्षका लागि एक इन्जिनियरको नेतृत्वमा एनआरएन अमेरिका हुने छ।

एनआरएन अमेरिकाको आगामी नेतृत्वको लागि विभिन्न पदमा उम्मेद्वारी दर्ता गर्ने क्रम जारी छ। निर्वाचन आयोगले अप्रिल १९ सम्माका लागि उम्मेद्वारी दिने म्याद दिएको छ। 

अहिलेसम्म अध्यक्षका लागि सुनील साह र सूर्य लम्सालले उम्मेद्वारी दर्ता गरिसकेको जनाएका छन्। सञ्जय थापाले शु्क्रबार विहान उम्मेद्वारी दर्ता गर्ने बताइएको छ।

यसअघि तामझामका साथ अध्यक्षको उम्मेद्वारी घोषणा गरेका डा. अर्जुन बन्जाडेले मिडप्याक गरेर सुनील साहको लागि वरिष्ठ उपाध्यक्ष हुने भएका छन्। फेसबुकमा मात्र अध्यक्षको उम्मेद्वारी घोषणा गरेका विनोदकुमार तिवारीले पनि साँच्चैको उम्मेद्वारीका लागि दुईहजार डलर खर्च गर्न मनासिव नदेखेको जस्तो छ।

चुनाव यसपटक नसबैभन्दा बढी मतदाता भएको न्युयोर्क र दोस्रो मतदाता रहेको टेक्सासका बीच हुने जस्तो देखिएको छ। सञ्जय थापा र सूर्य लम्साल न्युयोर्कका हुन् भने सुनील साह टेक्सासका। यसरी हेर्दा न्युयोर्कको मत थापा र लम्सालमा बाँडिदा टेक्सासको मत एक ढिक्का रहदाँ सुनील साहको पल्ला भारी हुने देखिन्छ। तर, अर्को कोणबाट हेर्दा साह र लम्साल कांग्रेस पृष्ठभूमिका उम्मेद्वार हुदाँ बाम पृष्ठभूमिका थापाले पनि बाजी मार्न सक्ने सम्भावनाको कुरा गरिदैछ। तर, एनआरएनमा कंग्रेस पक्षधरको ठूलो उपस्थिति रहेकाले त्यो सम्भावना कमै देखिन्छ। 

जति नै गैरराजनीतिक कुरा गरे पनि अन्तमा मत रूख र सूर्यकै लागि खस्ने भएकाले एनआरएन अमेरिकाको बर्तमान संस्थापन पक्षका उम्मेद्वार साहकै पल्ला भारी हुने जस्तोे देखिएको छ। 

यसअघि एनआरएन अमेरिका नयाँ कलेबरमा आएपछि वकील खगेन्द्र क्षेत्री र डाक्टर केशव पौडेलले नेतृत्व गरिसकेका छन्। दुबै व्यवसायिक व्यक्तित्वको नेतृत्वमा गए पनि संस्था भने व्यवसायिक हुन सकेन। अब अर्को व्यवसायी इन्जिनियरको पालो जस्तोे देखिएको छ, हेरौ के हुन्छ ? 

एनआरएन अमेरिकाको आगामी नेतृतवका लागि को १८ तारिख बिहान ८ बजेदेखि रातको ११ बजेर ५९ मिनेटसम्म अनलाइन मतदान हुनेछ।मे २१ मा निर्वाचनको नतिजा घोषणा गरी जुलाईको ६ तारिख निर्वाचितलाई प्रमाणपत्र वितरण र सपथ ग्रहण गरिने छ।

प्रकाशित मिति: : 2019-04-19 10:27:06

प्रतिकृया दिनुहोस्