बिहिबार, १७ जुलाई २०२५

कास्की २: नेकपाकी विद्या भट्टराईको जित निश्चित

News Image
फाइल तस्बिर: बिएल
• • •

कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएको छ।

कुल ८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि पारिसकेकी छन्।

पछिल्लो मत परिणाम अनुसार विद्याले २० हजार ७७९ मत प्राप्त गर्दा खेमराजको १२ हजार २५९ मत छ। निर्वाचन कार्यालयका अनुसार अब तीनवटा वडाको मत गन्न बाँकी छ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको भन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ।

रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए। विद्या र खेमराजको मतान्तर अहिलेनै ८ हजार ५ भन्दा माथि पुगिसकेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?