को बन्ला पहिलो 'नेपाली-अमेरिकन लिटिल ट्यालेन्ट आइडल'?

फोटो: आयोजक

अमेरिकामा नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल शो आयोजना हुने भएको छ।युनाइटेड नेप्लिज एसोसियशन(युएनए) को आगामी मे २५ र २६ तारिखमा न्युयोर्कमा आयोजना हुन लागेको चौथों सम्मेलनका अवसरमा शो आयोजना गर्न लागिएको हो।

अमेरिकामा रहेका नेपाली र नेपालीमुलका अमेरिकन वाल-किशोर प्रतिभाको क्षमता अभिवृद्धिका लागि कार्यक्रम गर्न लागिएको युएनए चौथौ सम्मेलन सांस्कृतिक समितिका संयोजक एवं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढा बताउँछन्।

उनका अनुसार शोमा अमेरिकाका बिभिन्न राज्यका ७ देखि १६ बर्षका नेपाली अमेरिकन वाल-किशोर प्रतिभाले भाग लिन पाउँने छन्।यसका लागि १८ राज्यमा निर्णायक तोकिसकिएका छन्।उनीहरूले राज्यमा सहभागीमध्येबाट तीनजना छनौट गरी सेमीफाइनल प्रतिस्पर्धाका लागि पठाउँने छन्।

यसरी आएका प्रतिभालाई  सेमिफ़ाइनलका निर्णायकहरू विजय नकर्मी, धर्मवीर लामा र जगदिश समाल मगरले फाइनल चरणका लागि छनौट गर्नेछन्। यसरी छानिएर आएका प्रतिभाहरूलाई फाइनल निर्णायकको सल्लाहअनुसार फेसबुकमा एक पेज बनाई भोटिंङका आधारमा नेपाली अमेरिकन लिटिल ट्यालेन्ट घोषणा गरिने छ।

शोको फाइनल निर्णायकका रूपमा नेपालबाट नेपाल आइडलकी निर्णायक इन्दिरा जोशी आउँने भएकी छिन्। डीआइडी लिटल मास्टर बिजेता टेरिया मगर, चर्चित गायिका टानया ज्याकसलाई पनि बोलाउने प्रयास भैरहेको संयोजक बुढा बताउँछन्।

अमेरिकामा रहेका वालवालिकाको प्रतिभाको यस खोजी अभियानले भविष्यमा अमेरिकन आइडल, अमेरिकन गड ट्यालेन्ट शोजस्ता अन्तर्राष्ट्रिय शोमा जानसक्ने प्रतिभाहरूको खोजी हुने अपेक्षा गरिएको छ।

राज्यहरूको निर्णायकहरू

१.टेक लामा, शिला आले (लसएञ्जलस, क्यालिफोर्निया)

२. डा. चिरन्जीबी भट्टराई (नर्थ क्यारोलाइना)

३. नवराज श्रेस्ठ (कोलोराडो)

४ . सुशील विश्वकर्मा (ओहायो)

५ . मोहन थापा (मेरिल्याण्ड )

६ . बिमल डांगी (न्युयोर्क )

७. पबिता परियार (न्यू ह्यमसायर)

८ . सुरेश वाग्ले (मासाचुसेट्स)

९ .घनश्याम खड्का (कनेक्टिकट)

१०. मिन दर्लामी, भुवन राई (एलिनोय)

११. समीर बुढ़ाथोकी (न्युजर्सी )

१२. अनुपमा प्रसाईं ( भर्जिनिया )

१३. देबराज कँडेल (नेब्रास्का)

१४. लोक छन्त्याल (पेन्सिलभेनिया )

१५. रविसिंह बस्नेत (सनफ्रान्सिस्को, क्यालिफोर्निया )

१६. रमेश पौडेल (टेक्सास )

१७. गीता शाही (नर्थ डकोटा ) 

१८ .बिक्रम घिमिरे (केण्टकी )

राज्यस्तरका सेमिफाइनल निर्याणक– 

१.बिजय नकर्मी २ .धर्मबीर लामा ३ .जगदीश समाल मगर

न्यूयोर्क  निर्णायक– 

१ .निशा सुनार २ .बिमल डांगी ३ .रमेश सुनुवार ४ .तिलक बम मल्ल ५ .सपनाश्री

प्रकाशित मिति: : 2019-03-26 07:49:49

प्रतिकृया दिनुहोस्