बिहिबार, १७ जुलाई २०२५

बागलुङमा कांग्रेसका उम्मेदवार जीतबहादुर शेरचनकाे शुरुवाती अग्रता

News Image
प्रतिकारत्मक तस्बिर
• • •

प्रदेशसभा सदस्यका लागि बाग्लुङ २ ‘ख’ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर शेरचनले शुरुवाती अग्रता लिएका छन्।

शेरचनले ५२५ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ३८६ मत ल्याएका छन्। समाजवादी पार्टीका अशोककुमार विकले ७० मत ल्याएका छन् ।

बाग्लुङ २ ‘ख’ मा सत्तारुढ नेकपाले जनमोर्चालाई समर्थन गरेको छ। मतगणना स्थल तारबारले घेरिएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?