मेद्वारा ब्रेक्जिट प्रक्रियालाई लम्ब्याउन मर्केलसँग आग्रह, म्याक्रोँसँग पनि भेट्ने

बेलायतकी प्रधानमन्त्री टरिजा मेले मङ्गलबार जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटी ब्रेक्जिट प्रक्रियालाई लम्ब्याउन मर्केलसँग आग्रह गरेकी छन्।

यसै हप्ताको अन्त्य इयूबाट बहिर्गमन गरिने यस पहिलेको कार्यक्रमलाई थप केही लम्ब्याएर विनासम्झौता बहिर्गमन हुने अवस्थालाई टार्न उनले यो आग्रह गरेकी हुन्।

यसै बिषयमा उनले फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई पेरिसमा भेटी ब्रेक्जिटको समयलाई दोस्रो पटक लम्ब्याउन आग्रह गर्ने बताइएको छ ।

प्रधानमन्त्री मे ले समयसीमा लम्ब्याउन यूरोपेली सबै नेताले सहमति जनाउनेमा पनि उनको विश्वास छ ।

बुधबारका लागि बोलाइएको आकस्मिक भेलामा बेलायतद्वारा ब्रेक्जिट प्रक्रियालाई अप्रिल १२ बाट जुन ३० मा पुर्‍याउन प्रधानमन्त्री मेले गरेको आग्रहलाई इयू नेताहरूको बैठकबाट निर्णय लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्रीले ब्रेक्जिट प्रक्रियाका लागि यस अघि इयू नेताहरूसँग गरेको सम्झौता बेलायती संसदबाट पटक पटक अनुमोदन नभएपछि यसका लागि थप छलफल र निर्णय लिन समयको माग गरिएको हो ।

प्रकाशित मिति: : 2019-04-09 23:35:52

प्रतिकृया दिनुहोस्