जेनेभामा ग्रेटर नेपालको कार्यक्रमको हल्ला: नेपाली बोलाएर आयोजक बेपत्ता

Breaknlinks

 राष्ट्रसंघको कार्यालय जेनेभा अगाडी सुगौली सन्धिमा गुमेका भूभाग फिर्ता गर्न नारा जुलुसको कार्यक्रम राखेर आयोजक नै बेपत्ता भएका छन। 

बिभिन्न अनलाइन मार्फत संयोजक फणिन्द्र नेपालको भनाइ भन्दै १२।३० बजे स्विसबासी देशभक्त नेपालीहरुलाई सहभागी हुन आव्हान गरिएको थियो। 

स्वीसका बिभिन्न स्थानबाट आएका नेपालीहरु मध्यका नेपाली कमल केसीले भने, “राम्रै लागेर साथीहरुलाई खबर गरें आयोजक नै आएनन्। फेरी फेरी राम्रै कार्यक्रम गर्न पनि अप्ठेरो हुने भो।”

आयोजकको गैर जिम्मेवारीप्रति दुख ब्यक्त गदै जेनेभा निवासी बिक्रम केसीले भने, ‘काम छोडेर पानीमा रुझ्दै आएँ। यहाँ आउँदा पन्जाविहरुको खालिस्तानको नारावाजी पो छ। यस्तो गैर जिम्मेवार काम गर्न नहुने।”

भांचिएको कुर्ची अगाडी १२ बजे पुग्दा खालिस्तानको माग गर्दै पंजावीहरुले नारा जुलुस गरिरहेका थिए भने स्वतन्त्र बलुचिस्तानको माग गरेका ब्यानरहरु थिए। भारतमा दलित समस्या र बलात्कारको बिरोधमा पर्चाहरु,प्ले कार्डहरु पानीमा रुझेका थिए।

प्रकाशित मिति: : 2019-03-14 18:46:51

प्रतिकृया दिनुहोस्