अहँ दसैं आउदै आएन

तस्बिरः एजेन्सी

कविताः

फाँटमा धान झुल्न थालेपछि
पाखैभरि फुलेपछि पाती
आँगनको डिलमा सयपत्री
र मखमली ढकमक्क फुल्दा,
साँझ ढल्कँदै गर्दा,
गगनले शरदको जुन काखी च्पाप्दैगर्दा
मलाई आभास हुन्थ्यो दसैंको ।

बाल्यकालको
रमाइलो त्यो क्षण
मिठो खानु अनि राम्रो लाउनु
झुलिनु बाबियाको डोरीमा चहचह गर्दै
चर्खे पिङ्गमा फन्को मार्दा
मलाई आभास हुन्थ्यो दसैंको ।

उस्तै लाग्छ घाम
उदाउँदा र अस्ताउँदा
उस्तै लाग्छ मालश्रीको गुन्जिँदो धुन
तर अचम्म
मनमा झरी परेको यो बेला
घामलाई निथ्रुकक भिजाउने यो समय
लाग्छ जिन्दगी नदेखिँदो खालिपाना रहेछ ।

आज आफ्नै धरोहर गुमाएका बेला
बिछिप्त मन लिएर
पिँडीको डिलबाट भञ्ज्याङसम्म
नयन बिच्छ्याइरहँदा पनि
दसैं आए जस्तै लागेन ।

जीवनको रीत
मनलाई सम्झाउन पुग्छु
मेरो जस्तै दुःखी
अरु कयौं परिवार होलान्
कयौंका आमा गुमे होलान्
कतिका बच्चा अनि कतिका बाबा
बिच्छिप्त मन बोकेकाहरुलाई
पक्कै आएन होला दसैं ।

प्रकाशित मिति: : 2019-09-29 17:50:26

प्रतिकृया दिनुहोस्