भर्जिनियामा 'कथा नालापानीको' प्रदर्शन- तीन सर्जकलाई सम्मान

डीसीमा सम्मानित श्रष्टा र सर्जकहरू । तस्बिर : राजीव श्रेष्ठ

गौरवशाली नेपाली सैनिक इतिहासमा आधारित पहिलो वृतचित्र ‘कथा नालापानीको’ भर्जिनियाको फेयरफ्याक्समा प्रदर्शन गरिएको छ। सो अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ सचारकर्मीे तथा वृतचित्रका निर्माता हरिशरण लामिछानेले वृतचित्र वारेमा प्रकाश पारेका थिए।उनले भने- 'कथा नालापानीको वृतचित्र नेपाली विरताको कथा हो र यसमार्फत विश्वमा वीर नेपालीको गाथा चिनाउने यो एक ऐतिहासिक दस्तावेज हो।'

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा), अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज (अनेसास)-डीसी कमिटि, एनआरएनए भर्जिनिया च्याप्टरले संयुक्तरूपमा आयोजना गरेका हुन। स्थानीय साहित्य श्रष्टा, सर्जकलगायत विभिन्न तह तप्काका अगुवाहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा वृतचित्रका निर्माता लामछिानेका अतिरिक्त गजलकार बुंद राना रसाहित्यकार सोनु गुरुङसम्मान गरिएको थियो। उनीहरूलाई अग्रज पत्रकार तथा ईन्जाका सल्लाहकारद्वय हरि अधिकारी र योगेश उपाध्यायले सयुक्त रुपमा प्रमाणपत्र र खादाले सम्मान गरेका थिए।

'कथा नालापानीको' वृतचित अवलोकनपश्चात स्थानीय वासिन्दाले नेपाल चिनाउने ऐतिहासिक कामको सम्मान स्वरूप वृतचित्र निर्मातालाई यथाशक्य आर्थिक सहयोगका प्रदान गरेका थिए। संकलित रकम  ईन्जाका अध्यक्ष गुणराज लुईटेलले लामिछानेलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रमको दोश्रो भागमा गजलकार बुंद रानाले गजल साहित्यकार सोनु गुरुङले हाईकु प्रस्तुत गरी साहित्यिक मनोरञ्जन गराएका थिए। कार्यक्रमको मास्टर अफ सेरोमनी कवि प्रकाश नेपाल थिए ।

प्रकाशित मिति: : 2019-06-02 22:55:44

प्रतिकृया दिनुहोस्