प्रधानमन्त्री ओलीको अवस्थाबारे जानकारी लिन अस्पताल पुगे स्वास्थ्यमन्त्री

बिएल

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल अस्पताल पुगेका छन्।

मन्त्री ढकाल प्रधानमन्त्री ओलीको अप्रेसन सकिएपछि त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्ज पुगेका हुन्।

प्रधानमन्त्रीको मंगलबार ‘एपेन्डिसाइटिसको सफल अपरेसन गरिएको हो। अपरेशन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ। तर, कति दिन बस्नुपर्छ भनेर चिकित्सकहरुले एकिनका साथ बताएका छैनन्।

पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए। चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरेका हुन्। अस्पताल भर्ना भएपछि उनी मंगलबार सहभागी हुने भनिएका कार्यक्रमहरु प्रभावित भएका छन् ।

प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुन्। उनको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो।

गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन्। उनको रगतमा क्रिएटिनिनको स्तर वृद्घि भएपछि मिर्गौलाको सम्भावित समस्या आकलन गर्दै करिब ६ महिनायता कुनै न कुनै रूपमा उपचार जारी छ।

प्रकाशित मिति: : 2019-11-26 14:00:35

प्रतिकृया दिनुहोस्