के महराले ‘नयाँ बानेश्वर २६’ लाई जबर्जस्ती गर्न खोजेकै थिए त ?

महरा : राज्य लागेपछि कस्को के लाग्दो रहेछ र ? तस्बिर : बीएल ।

राज्य लागेपछि कसैको केही लाग्दो रहेनछ- त्यसको ज्वलन्त उदाहरण हन् कृष्णबहादुर महरा ।

केही समयअघि उनी नेपालको राज्य व्यवस्थामा ५ नम्बर बरियताका सम्माननीय थिए । तर, समय र परिस्थितिले अहिले उनको चारखालको बास भएको छ ।

उनी जबर्जस्ती करणी उद्योगको लाजमर्दो अभियोगमा चारखाल पुगेका हुन् । उनका लागि मात्र हैन, नेपालको राजनीतिक इतिहासकै एक शर्मलाग्दो घटना हो । उनलाई देखाएर धेरैले 'देखिस् कम्युनिष्ट यस्ता हुन्छन्' भन्न थालेका छन्- सिंगो कम्युनिज्म र कम्युनिष्ट आन्दोलनमाथिकै कालो धब्बा पनि हो यो घटना । 

उनको लामो राजनीतिक यात्रा क्षणभरको उन्माद र आवेशमा स्वाहा भयो । उनले मुल्य चुकाएर सिकेको पाठ धेरैका सामु ताजै छ- त्यसबाट सिके नेपाल र नेपालीका लागि कल्याण नै हुने थियो । 

मैले केही समयअघि यही प्रकरणमा सेकेण्ड ओपनियन लेखेको थिएँ- https://nepali.breaknlinks.com/24447। शिर्षक थियो- 'महरा-प्रकरण सेकेण्ड ओपनियन : यस्तो पनि त हुन सक्छ !' सेकेण्ड ओपनियनको प्रकृति नै त्यस्तो हुन्छ कि त्यो मूलधार हुदैन, बैकल्पिक धार मात्र हुने हो । त्यसैले पपुलर हुदैन त्यस्तो ओपनियन । समाजमा नोट अफ डिसेन्टका रूपमा रहोस् भनेर आलोचनात्मक चेत भएका दुस्साहसीहरूले सेकेण्ड ओपनियन लेख्ने गर्छन् । तालीभन्दा बढी गाली पाइने- अब्जसे काम जो कोहीले गर्ने प्रिय चाहना राख्दैनन् ।

म त्यस्तै एन्टीथेसिसधारी विलोम मतमा दुस्साहसी कलम चलाउने एक अकिञ्चन प्राणी हुँ । यो सेकेण्ड ओपनियनका लागि पनि मलाई धेरैले गाली नै गरे, केहीले यो पनि तर्क त हो नि भनेर समर्थन पनि गरे । त्यस लेखमा केही ठूला नाम पनि प्रसंगवश आएका थिए, उनीहरूका भक्त त यसै पनि रिसाउने नै भए । तर, जताबाट आएको भए पनि ताली होस् वा गाली मैले सबैखाले विचारको सम्मान नै गरें । 

त्यतिबेला महरा प्रकरणमा थुनछेक बहस जारी थियो । अहिले प्रारम्भिक आदेश आइसकेको छ । त्यतिबेला महरा प्रहरी हिरासतमा थिए, अहिले पुर्पक्षका लागि थुनामा गैसकेका छन् ।

मैले त्यतिबेलै भनेको थिएँ- 'यो सामान्य घटना नै हैन, असामान्य घटना हो । त्यसैले यसलाई सामान्य कोणबाट हेरेर निर्णयमा पुग्न सकिदैन । मैले यो पनि भनेको थिएँ, उनलाई कुनै न कुनै तर्क निकालेर जेल पठाइन्छ । यो सेटिङ भैसकेको छ । 

नभन्दै त्यस्तै भयो । थुनछेक बहसकै क्रममा पनि पीडित भनिएकी रोशनी शाही अदालत पुगेकी थिइन् । उनले घटना नै भएको छैन भनेर न्यायाधीशसमक्ष नै लिखित निवेदन दिएकी थिइन् । हो, उनले बाराम्बार वयान फेरेकी थिइन् र त्यसका लागि आफ्नो दिमाखी हालत सही नभएको बताएकी थिइन् । 

तर, इजलासले ती कुनै कुरा नै सुनेन । न उनको निवेदन सुन्यो । न उनको दिमाखी हालतका बारेमा स्वास्थ्य परीक्षण गर्नेतिर लागियो । 

बरू उल्टै महराले ‘नयाँ बानेश्वर २६’ लाई जबर्जस्ती करणी गर्न उद्योग गरेको भनेर महरालाई जेल पठाइयो । 

को हो ‘नयाँ बानेश्वर २६’  ? यो त नाम हैन, ठाउँ हो । अब ठाउँमाथि पनि जबर्जस्ती करणीको प्रयास हुन्छ ?  यस्तो प्रश्न उठ्नु स्वभाविक हो ।

तर, राज्य लागेपछि हुँदोरहेछ । अहिले महरा त्यही ‘नयाँ बानेश्वर २६’ लाई जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा चारखाल जेल पुर्याइएका छन् ।

जबकि महरालाई रोशनी शाहीमाथि जबर्जस्ती करणी उद्योग गरेको भनेर मुद्दाको सुरू गरिएको थियो, अहिले उनले हैन भनेपछि ‘नयाँ बानेश्वर २६’ लाई जबर्जस्ती करणी उद्योग गरेको भनेर जेल पठाइयो । 

यो धारावाहिकको पहिलो श्रृंखला हुन् महरा । आज उनलाई त्यहाँ पुर्याउन राज्य संयन्त्रका जो जो मान्छे त्यहाँ लागे नि, उनीहरू पनि ढिलोचाँडो यो धारवाहिकको अन्य श्रृंखला हुने निश्चित छ । सधैभरि ओली दाहिना हुदैनन् ।

मलाई पनि यो सत्य लाग्छ कि महरा र रोशनीबीच कुनै न कुनै किसिमको सम्वन्ध थियो । त्यो दिन महरा त्यहाँ गएकै हुन् । तर, त्यो दिन त्यहाँ कुनै पनि प्रकारको प्रिय र रोमान्टिक वातावरण नै थिएन । केही समयदेखि रोशनी आफ्नो सरूवा थमौति नभएकोमा महरासँग आक्रोशित थिइन् र थमौती नगरिदिएकाले 'हाम्रो कुरा'का अजय शिवाकोटीलाई यो कुरा 'ट्रायल बलुन' गराएर महरामाथिको ब्ल्याकमेलिङ अरू माथिल्लो स्तरमा पुर्याएकी थिइन् । 

यो सम्बन्धको कुरा बाहिर आयो भने बर्बाद हुन्छु भनेर महरा वर्षौदेखि डराउँदै आएका थिए, त्यसको पटाक्षेप हुन लागेको भनेर उनी असामान्य स्थितिमा थिए । त्यो दिन उनी यो समस्याको हल खोज्न रोशनीकोमा पुगेको हुनुपर्छ । तर, समाधान हुनेभन्दा पनि थप भयावह हुने भएपछि महराले उनलाई चुप लगाउन सकिन्छ कि भनेर केही हातपात गरेको हुनुपर्छ ।

त्यसपछि उनले अजय र अजयको सल्लाहमा प्रहरीलाई फोन गरेको हुनुपर्छ । त्यही क्रम ज्बढ्दै जाँदा सेटिङअनुसार नै महरा चारखाल पुगेका हुन् । यसबीचमा रोशनीलाई पश्चाताप भएको वा प्रलोभन मिलेको हुनुपर्छ, त्यसपछि उनी यु टर्न फर्के पनि राज्यका लागिकाम तमाम भैसकेको अर्थमा एक मानसिक रोगीको कुरा सुन्ने कुरै थिएन । त्यही भएको हो, अहिले ।

घटनाक्रमको आधारमा गरिएको यो एक अनुमान मात्र हो, हुन पनि सक्छ नहुन पनि ।

मलाई लाग्छ, यो धारावाहिकको पहिलो श्रृंखला हुन् महरा । आज उनलाई त्यहाँ पुर्याउन राज्य संयन्त्रका जो जो मान्छे त्यहाँ लागे नि, उनीहरू पनि ढिलोचाँडो यो धारवाहिकको अन्य श्रृंखला हुने निश्चित छ । सधैभरि ओली दाहिना हुदैनन् ।

(यो लेखकको निजी विचार हो, यसमा ब्रेक एन लिंक्सको सम्पादकीय नीति प्रतिविम्वित नहुन पनि सक्छ । - सम्पादक)

र, यो पनि पढ्नुहोस् 

माफ गर्नुहोला, म यस्तो 'फोहोर-गीत' को समर्थन गर्न सक्दिन !

प्रकाशित मिति: : 2019-11-04 20:53:50

प्रतिकृया दिनुहोस्